
सोल- कोरियामा अत्याधिक गर्मीका कारण बिरामी परेर अस्पताल भर्ना हुनेको संख्या दिनानुदिन बढिरहेको छ । अत्याधिक गर्मीका कारण त्यससँग सम्बन्धी रोगबाट पिडित भएर अहिलेसम्म एक हजार भन्दा बढि अस्पतालमा भर्ना भइसकेको यहाँको सरकारी निकायले जनाएको छ । रोग नियन्त्रण तथा रोकथामका अनुसार अत्याधिक गर्मीका कारण ह्दयघात, गर्मी थकान, अचेत लगायत विरामी परेर एक हजार सोह्र जना अस्पतालमा भर्ना भएका छन् भने मे २३ यता दश जनाको मृत्यु भइसकेको छ ।
गर्मीबाट सवैभन्दा बढि वृद्धवृद्धा प्रताडित भएको पनि निकायले जनाएको छ । गर्मीका कारण सवैभन्दा बढि विरामी पर्नेमा पुरुष रहेको रोग नियन्त्रण तथा रोकथाम विभागले जनाएको छ । जसमा ७५ दशमलव १ प्रतिशत पुरुष र २६ दशमलब २ प्रतिशत महिला छन् ।
यसैबीच मौषम विभागले उष्ण गर्मी यो महिनाको मध्यसम्म जारी रहन सक्ने बताएको छ । सन् १९९४ यता राजधानी सोल लगायत देशभरको तापक्रम ३६ डिग्री भन्दा माथि पुगेको यसपाली दोश्रो पटक भएको विभागले जनाएको छ । अत्याधिक गर्मी बढेसँगै विरामीको संख्या बढेपछि विभागले सावधानी अपनाउन अपिल गरेको छ । मध्यान्हको समयमा गर्मी अचाक्ली हुने भएकोले सकेसम्म बाहिर ननिश्कन, निस्कनै परेपनि छाताको प्रयोग गर्न अधिकारीहरुले सुझाएका छन् ।
हेल्लोकोरिया डटकमबाट