सुन तस्कर, हुण्डी र भिजिट भिषाका कारोवारीलाई नियन्त्रण गरः एनआरएनए, युएई 

युएई, साउन २२ 

सुन तस्कर र हुण्डी व्यापारीका कारण कामदारले लैजान पाउने ५० ग्राम काँचो सुन लैजान बन्देज लागेको भन्दै हुण्डी र सुन तस्करीलाई निरुत्साहित गर्न एनआरएनए, युएईले माग गरेको छ । केहि समययता सञ्चार  माध्यममा युएईबाट नेपालमा हुने गरेको सुन तस्करी, हुण्डी र भिजिट भिषाको अवैध व्यपारका बारेमा आएको समाचारले आफूहरुलाई अन्यत्नै चिन्तित तुल्याएको एनआरएनए, युएईद्धारा जारी प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ । देशपरदेश डटकमले केहि समययता यस विषयमा अभियान नै सञ्चालन गरिरहेको छ । 

विज्ञप्तीमा गैर आवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद यूएईको वर्तमान कार्यसमितिले गत बर्ष नै सार्जजनिक अनुरोध गरिसकेको स्मरण गरिएको छ । ४५ डिग्रिको घामको रापमा काम गर्ने मजदुरले दुई बर्षमा एक पटक छुट्टीमा जाँदा घरायसी प्रयोजनका लागि लैजान पाउने ५० ग्राम काँचो सुनको सुविधा तस्कर र अवैध कारोवार गर्ने व्यापारीका कारण खोसिएकोमा चिन्ता जनाइएको छ । 

एनआरएनए, युएईका अध्यक्ष सुदीप कार्कीद्धारा जारी गरिएको विज्ञप्तीमा गलत कार्यहरुलाई निरुत्साहित गर्दै मजदुरले पाएको सुविधालाई खोसिनु हुन्न भनिएको छ । विज्ञप्तीमा भनिएको छः “मिडियाहरुमा पटक पटक यस्ता गलत कार्यहरुमा युएईमा रहेका सामाजिक संघसंस्थाका अगुवाहरु रहेको भन्ने पढ्न पाईन्छ । सामाजिक संस्थाका कार्यकर्ताको हैसियतले सामाजिक सम्बन्ध बिस्तार गर्दै क्याम्प क्याम्पमा गएर मजदुरहरुलाई २( ४ पैसाको लोभमा पारी यस्ता गैर कानुनी कार्यहरु गर्ने गरेको भन्ने खबरले हामीलाई अत्यन्तै दुखी र आक्रोशित समेत बनाएको छ ।”

यसले वास्तवमै तनमनले समाज सेव ागर्न चाहनेहरुको ईज्जत, मान मर्यादामा ठेस पुगेको विज्ञप्तीमा जनाइएको छ । यसैगरी एनआरएनए, युएईले हुण्डी कारोवार रोक्न गरेको प्रयासको अवलोेकन गरिदिन समेत सञ्चारकर्मीहरुलाई अनुरोध गरिएको छ । 

सामाजिक संघसंस्था भित्र त्यस्ता कुनै गलत तत्व भएमा पहिचान गरि उनीहरुलाई संस्थामा कुनै स्थान नदिन समेत एनआरएनए, युएईले अनुरोध गरेको छ । नेपाल पैसा पठाउँदा आधिकारिक च्यानल मार्फत पठाउन र गलत व्यक्तिलाई कुनै पनि संघसंस्थाले प्रोत्साहन नगर्न अपिल गरिएको छ ।

यो पनि पढ्नुहोस् 

संस्थाका सदस्य हुण्डी र सुन तस्करीमा लागेको भेटेमा हदैसम्मको कारवाही 

हेर्नुहोस् विज्ञप्ती

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय