
लक्ष्मण खनाल, युएई, साउन २२
युएईमा बसेर हुण्डी र सुन तस्करीमा संलग्न हुनेहरुलाई सामाजिक बहिष्कार गर्ने तथा कारवाहीको दायरामा ल्याउने देशपरदेशको अभियानमा सामाजिक संघसंस्थाहरु सहभागि भएका छन् । लुुम्विनी वेलफेयर सोसाइटीको बैठकले आफ्नो संस्थामा त्यस्ता काममा संलग्न कोहि भएमा सजग बनाएर सुध्रिने मौका दिने र अटेर गरेमा हदैसम्मको कारवाही गर्ने निर्णय गरेको छ । सोसाइटी ६ वटा जिल्ला स्तरिय संस्थाहरुको साझा संस्था हो ।
बैठकले रेमिट्यान्सले देशको अर्थतन्त्रमा महत्वपूर्ण मद्धत गरिरहेको कुरालाई हृदयंगम गर्दै संस्थामा आवद्ध व्यक्ति हुण्डी र सुन तस्करीमा संलग्न भएमा त्यस्ता व्यक्तिलाई कारवाही गर्ने प्रतिवद्धता जनाएको हो ।
सोसाइटीका महासचिव नरेन्द्र गिरीले एक प्रेश विज्ञप्ती जारी गर्दै आगामी दिनमा युएईमा क्रियाशिल अन्य सामाजिक संघसंस्थाहरुसँग मिलेर जनचेतनामूलक अभियान समेत सञ्चालन गरिने जनाएका छन् । देशको अर्थतन्त्रलाई नैै गम्भीर असर पार्ने यस्तो घृणित कार्य रोक्न आफूहरु सफल हुने अपेक्षा सोसाइटीले प्रकट गरेको छ ।
देश परदेश डटकमले केहि समययता हुण्डी, सुन तस्करी र भिजिट भिषा कारोवार गर्नेहरुका विरुद्धमा अभियान नै सञ्चालन गरिरहेको छ ।
यो पनि पढ्नुहोस्
सम्भव छ तस्कर, हुण्डी र भिजिट भिषाका कारोवारीलाई सामाजिक बहिस्कार ?
सोसाइटीद्धारा जारी विज्ञप्ती