
काठमाडौं, साउन २१
मलेसियामा विगत १४ बर्षदेखि रोजगारी गरेर बसिरहेका एक नेपालीको स्वदेश फर्किनु एकसाता अगाडी हृदयाघातका कारण मृत्यु भएको छ । अवैधानिक रुपमा बसेर काम गर्दै आएका ति नेपालीले नेपाल फर्किनका लागि आवश्यक सम्पूर्ण कागजी प्रकृया मिलाएको साथिहरुलाई बताएका थिए ।
मलेसियको शेलाङगारमा बस्दै आएका धनुषाका रामपुकार दास विगत १४ बर्षदेखि रोजगारीका शिलशिलामा बस्दै आएका थिए । विगत लामो समयदेखि यसरी मलेसियामा कार्यरत उनी अवैधानिक हैसियतमा रहेको उनका साथिहरुले बताएका छन् । आगामी अगष्ट १२ तारिखको टिकट समेत काटिसकेका उनलाई खाना खाएर कोठामा आराम गरी बसिरहेको अवस्थामा हृदयाघात भएको थियो । बेलुकी ५ बजेतिर हृदयाघात भएका उनको कोठामा नै मृत्यु भएको हो ।
उनी सेक्युरिटी गार्डको रुपमा काम गर्ने गरेको मलेसियाबाट प्रेम गुरुङले बताएका छन् ।
हाम्रो फेसबुक पेजमा लाइक गर्न यहाँ क्लीक गर्नुहोस्
यो पनि पढ्नुहोस्
‘खै किन हो मलेसियाबाट उहाँ फोन पनि गर्नुहुन्न’