
झापा- शनिअर्जुन नगरपलिका–५ का देव ढुङ्गाना फ्रेस हाउस सञ्चालन गरेर मासिक ३५ हजार रुपैयाँ आम्दानी गरिरहेका छन् । रोजगारीको सिलसिलमा दुई वर्ष अघि कतार पुगेका २८ वर्षीय ढुङ्गाना अहिले बिर्तामोडस्थित कृषिउपज बजारमा फ्रेस हाउस सञ्चालन गर्छन । विदेशमा भने जस्तो कमाइ नपाएपछि स्वदेश फर्किएर उनले फ्रेस हाउस सञ्चालन गरेका हुन् ।
‘सुरु सुरुमा विदेशमा गरेको दुःख सम्झिएर काम गरे, कमाइ हुँदै गयो अहिले त्यही व्यवसायले मनग्य आम्दानी हुन थालेको छ,’ उनले भने ।
विदेश जानु अघिसम्म उनको कलाकारितामा दख्खल थियो । उनले दुईवटा चलचित्रमा अभिनय गरे । ‘तर तिम्रै माया लाग्छ’ नामक आफैँले लेखेको चलचित्र ‘स्र्वगकी परी’मा सह नायकको रुपमा भूमिका निर्वाह गरे ।
कलाकारिता क्षेत्रबाट नाम कमाए पनि दाम कमाउन नसकेपछि आफू विदेसिएको दुखेसो सुनाउँदै उनले भने–‘विदेशमा आम्दानी गर्न सकिन तर संघर्ष गर्न भनें सिकेर आए । आज त्यही संघर्षले गर्दा यो फ्रेस हाउस सञ्चालन गरिरहेको छु ।’
मामाको प्रेरणाले खोलिएको फ्रेस हाउसको नाम ‘मामा भान्जा’ नै राखेको उनी बताउँछन । एलएलसीसम्म मात्रै अध्ययन गरेको सुनाउँदै उनले भने धेरै कमाउने लोभमा नबुझी विदेश गए दुःख मात्र पाइन्छ बरु यही केही गरियो भने परिवारसँगै बस्न पाइन्छ ।’
रासस
यो पनि पढ्नुहोस्
काँचो सुनमा भन्सार छुटको मागः सिके राउतको बाटोमा एनआरएनए