
बुटवल, साउन १९- युएईमा १० लाख दिरहम(झण्डै तीन करोड रकम) उठाएर सम्पर्कविहिन भएका लक्ष्मण भण्डारी पक्राउ परेका छन् । उनलाई मंगलवार साँझ बुटवलको ट्राफिक चौकबाट पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय, बुटवलका प्रहरी नायव उपरिक्षक महेन्द्र खड्काले जानकारी दिए ।
भण्डारीले युएईमा थुप्रै नेपालीको लाखौं रकम उठाएर भागेको भन्ने उजुरीका आधारमा प्रहरीले उनको खोजि गरिरहेको थियो । भण्डारीले आफूहरुसँग लाखौं रकम लिएर भागेको भन्दै पीडितहरुले उजुरी हालेका थिए । गुल्मी सेवा समाज, युएईका अध्यक्ष र लुम्विनि वेलफेयर सोसाइटीका उपाध्यक्षका रुपमा सामाजिक अभियन्ताको परिचय बनाएका भण्डारीले रकम उठाएर सम्पर्क विहिन भएपछि उनको खोजि सुरु गरिएको थियो । पक्राउ परेका भण्डारीलाई थप अनुसन्धानका लागि बुधवार विहान काठमाडौं पठाइएको प्रहरी नायव उपरिक्षक खड्काले बताए ।
उनका बारेमा यस अघि छापिएको यो समाचार पनि पढ्नुहोस्
युएईमा झण्डै ३ करोड रकम उठाएर एक नेपाली सम्पर्कविहिन, सहयोग गरिदिन पीडितको हारगुहार