
काठमाडौँ, साउन १९- दुवईमा सेक्यूरिटी गार्डको कामका लागि भन्दै लगिएका ३५ जना नेपालीले आफूहरुले तीन महिनादेखि तलव नपाएको भन्दै उद्धारका लागि अवुधावी स्थीत नेपाल िदुतावासमा निवेदन दिएका छन् । उनीहरु झण्डै एक बर्ष अघि दुबइको लिडर सेक्युरिटी सर्भिसमा काम गर्ने गरी गएका हुन् । आफूहरुलाई तलव नदिइएको र हाल खाना खर्च समेत नदिइएको उनीहरुको निवेदनमा उल्लेख छ ।
काठमाडौको हिमारब ओभरसिज र एनसिएफ नेपाल मेनपावरद्धारा गएका उनीहरुले आफूहरुको चरम श्रम शोषण भएको बताएका छन् । उनीहरुलाई नेपालबाट जाँदा मासिक १७ सय ८१ दिरहम तलव दिने भनिएपनि सो अनुसार तलव नपाएको निवेदनमा उल्लेख गरिएको छ । पीडित मध्येका एक धनपति पाठकका अनुसार उनीहरुलाई एउटै कोठामा ४० जनासम्म राखिएको छ ।
समस्याका बारेमा दुबईको लेवर कोर्टमा उजुरी गर्दा कम्पनीले सम्झौता रद्ध गरी जर्वर्जस्ती नेपाल फर्काउने धम्की दिइएको उनीहरुले बताएका छन् । यसका बारेमा नेपाली दातावासमा श्रम सहचारी हिरा यादवलाई समेत जानकारी गराएको उनीहरुको भनाई छ ।
आफूहरु ठगिमा परिरहेको अवस्थामा नेपालबाट पुनः अन्य कामदार मगाउन लागेको जानकारी पाएको भन्दै त्यसलाई रोक्न समेत पीडितहरुले आग्रह गरेका छन् । यसबारेमा अवुधावीस्थीति नेपाली दुतावासमा सम्पर्क गर्दा यसबारेमा बुझ्ने काम भइरहेको जानकारी दिएका छन् ।
यो पनि पढ्नुहोस्
भिजिट भिषा, सुन तस्करी र हुण्डी स् नियन्त्रण गर्ने कसरी ?