
काठमाडौं- नेपाल बैदेशिक रोजगार व्यवसायी संघका महासचिव रोहण गुरुङले अव बन्ने सरकारमा गतिलो श्रम मन्त्री बनाइदिन आग्रह गरेका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्ः ‘जय नेपाल र लाल सलाम नेताहरु कसले कुन मन्त्रालय लिने र दिने भाग लगाउनमा बीजी होला। श्रममन्त्री, बैदेशिक रोजगरिमा जाने बेरोजगार युवाहरुको पीडा बुझने, कामदारले बिदेशमा सिकेको सीपको स्वदेशमा सदुपयोग गर्ने बाताबरणको सृजना गर्ने, बैदेशिक रोजगारको समस्या नीतिगत रूपमा सरलीकृत र ब्यबस्थित गर्ने, माइग्राम र बायो मेट्रिकको आर्थिक प्रलोभनमा नपर्ने, घुस नखाने, गाड़ीमा नेपालको झण्डा हल्लाएर बिदेशमा गएर एजेंटको काम नगर्ने व्यक्ति श्रम मन्त्री बनाउनु होला । अब आउने श्रम मन्त्री गतिलो पठाउनुस नेता ज्युहरु ।’
के उनले भनेजस्तै श्रम मन्त्री बन्लान् त अवको सरकारमा ?
यो पनि पढ्नुहोस्
काँचो सुनमा भन्सार छुटको मागः सिके राउतको बाटोमा एनआरएनए