हरिकृष्ण न्यौैपाने, कुवेत
कुवेत सरकारले भिजिट भिषामा आएर त्यसलाई नविकरण गर्दै बसिरहेकाहरुको संख्या कम गर्ने नीति अगाडी सारेको छ । हाल कुवेतमा त्यसरी भिजिट भिषामा आएर भिषा नविकरण गर्दै बस्नेको संख्या ७० हजारको हाराहारी रहेको कुवेतको प्रसिद्द अंग्रेजी अनलाइन अरब टाइम्सले लेखेको छ । यस निर्णयबाट गैरकानुनी रुपमा लुकीछिपी बस्दै अपराधिक काम गर्दै आएका ब्यक्तिहरु कम हुने कुवेतको गृह मन्त्रालयले जनाएको छ।
कुवेतको गृह मन्त्रालयले योसँगै कुवेतमा गैर कानुनी रुपमा काम गरिरहेका १ लाख गैरकानुनी आप्रवासी कामदारहरुलाई देश निकाला (डिपोर्ट) गर्ने योजना सार्वजनिक गरेको छ ।
कुवेतको गृह मन्त्रालयले जनशक्तिका लागि सामाजिक मामिला तथा श्रम र सार्वजनिक प्राधिकरण मन्त्रालय सहित अन्य सरकारी अधिकारी र निकायहरुसंग समन्वय गरी यहाँको भिषा कानुन उल्लङ्घन गर्ने (बिशेष गरी भिजिट भिषामा आएकाहरुलाई समेत) कारबाही गरिने छ। साथै यहाँको कम्पनीहरुको आवश्यकतालाई हेरी एकबाट अर्को कम्पनीमा जान चाहने (कम्पनी स्थानान्तरण) आप्रबासी कामदारहरुको नीतिमा केही फेरवदल हुन सक्ने छ।
समाचारमा जनाइए अनुसार कुवेतको गृह मन्त्रालयले आफ्नो स्पोन्सरबाट भाग्ने, अर्कै स्पोन्सरसंग लुकेर काम गर्ने तथा र्गरकानुनी रुपमा काम गरिरहेका आप्रबासीहरुका बिषयमा प्रमाणिकरणका लागि जनशक्ति सार्वजनिक प्राधिकरणसंग समन्वय गरिरहेको छ।
उनीहरुले आफ्नो तथ्याङ्क अनुसार यहाँ रहेका प्रोजेक्ट भिषाका २ लाख २० हजार आप्रबासी कामदारहरु मध्ये सन २०१५ देखी मासिक ७ हजार जनाले प्रकृया पुर्याएर भिषा नबिकरण गर्नुका साटो तीन महिना भिषा म्याद थप्ने (भिषा एक्स्टेन्ड क्रुज भिषा) गरिरहेको बताएका छन।
यसै गरी कुवेतको गृह मन्त्रालयले एक सुचना जारी गर्दै कुवेती नागरिक तथा कुवेतमा रहेका सम्पूर्ण आप्रबासीहरुलाई सुरक्षा जाँचका लागि आउने सुरक्षाकर्मीहरुलाई सहयोग गर्न र अनवश्यक झंझट अनी संकटबाट बच्न आफ्नो ब्यक्तीगत परिचय पत्र वा आवश्यक कागजात साथमै लिएर हिंड्न सबैलाई सुचित गरेको छ। मन्त्रालयले सम्पूर्ण गैर कानुनी तथा राज्यले खोजेको ब्यक्तीहरुलाई गिरफ्तार गर्नका लागि सुरक्षा जाँचलाई कुवेतको सबै क्षेत्रमा जारी राखिने बताएको छ।
यो पनि पढ्नुहोस्
२० ग्राम काँचो सुन पनि लान नदिने हो भनें मजदुरको श्राप लाग्नेछ
