काठमाडौं – इपिएस अन्तर्गत दक्षिण कोरिया जानका लागि लिइएको सातौ कोरियन भाषा परिक्षाको नतिजा सार्वजनिक भएको छ । ५७ हजार एकसय २० जनाले भाषा परिक्षा दिएकामा ३५ सय १७ जना उर्तिण भएका छन् । परिक्षामा पास भएकाहरु जो कोहिलाई पनि कोरिया कहिले पुगिएला भन्ने कौतुहलता हुनु स्वभाभिक हो ।
भाषा परिक्षामा पास भएकाहरुको पहिला स्वास्थ्य परिक्षण हुन्छ । एचआरडि कोरिया, इपिएस सेन्टर नेपाल कार्यालयले स्वास्थ्य परिक्षणका लागि विस्तृत जानकारी दिन्छ । इपिएस शाखाका प्रमुख डिल्लीराम बास्तोलाले असोजको दोश्रो हप्ता स्वास्थ्य परिक्षणका लागि मिति तय हुनसक्ने जानकारी दिएका छन् ।
स्वास्थ्य परिक्षणमा स्वस्थ्य भएकाहरुले आवश्यक कागजात सहित रोजगारका लागि आवेदन दिनुपर्छ । गत वर्षदेखि स्वास्थ्य परीक्षण गर्ने कार्य र रोजगार आवेदन फाराम भर्ने काम एकैपटक सञ्चालन गर्दै आएको छ । रोजगार आवेदन गरेका ब्यक्तिहरुको रोष्टर निमार्ण २ महिना भित्रमा भइसक्छ ।
त्यसपछि थप २ महिना भित्रमा नै कोरियाको मानव संसाधन विभागले रोष्टर प्रमाणित गर्छ । त्यसपछि उनीहरु औपचारिक रुपमा कोरिया जाने योग्य सूचि (रोष्टर) मा रहन्छन्। नेपालकालाई छुट्याइएको कोटा अनुसार नै रोष्टरको निर्माण हुन्छ । कोटा अनुसार रोष्टरको निर्माण गर्दा रोष्टरमा रहेका लगभग सवै कोरिया जाने संभावना रहन्छ ।
भाषा परिक्षामा पास भएकाहरु सवै स्किल टेष्टमा सहभागी हुन पाउछन् । स्किल टेष्ट अन्तर्गत ब्यक्तिको बारेमा तयार पारिएको छोटो सामान्य भिडियो रिपोर्ट कोरियाको रोजगार केन्द्रमा आउछ र रोजगारदाताले उक्त भिडियो हेरेर ब्यक्तिको छनोट गर्छ । त्यसैले स्किल टेष्टमा सहभागी हुनेहरु कोरिया छिटो जाने सम्भावना बढि हुन्छ । कोरियामा रहेका रोजगारदाताहरुले भिडियो हेरेर कामदार छान्ने प्रक्रिया माग बढेपछि इपिएस शाखाले सवै कामदारको स्किल टेष्ट लिने गरेको छ ।
कोरियाको मानव संसाधन विभाग (एचआरडी) ले प्रमाणित गरेर रोष्टरमा रहेका ब्यक्तीहरुलाई कोरियाको रोजगार केन्द्रले त्यहाँ रहेका रोजगारदातालाई कामदार सिफारिस गर्न सक्छ । रोजगारदाताको छनौटमा परेमा चाँडै कोरिया प्रवेश सम्बन्धि प्रक्रिया अगाडि बढ्छ । यो वर्ष भाषा परिक्षा पास गरि रोष्टरमा रहनेहरु सन् २०१७ बाट मात्र कोरिया जान शुरु हुन्छ । रोष्टरमा रहेकाहरुको कोरिया जान पाउने समयावधी २ वर्षसम्म रहन्छ । रोष्टरमा रहेपनि रोजगारदाताको छनोटमा नपरे उनीहरु कोरिया जान पाउदैनन् ।
हेल्लोकोरिया डटकमबाट