
हरिकृष्ण न्यौपाने, कुवेत- कुवेतमा बढ्दो अबैधानिक कृयाकलाप र अबैधानिक कामदारहरुको चाप कम गर्नलाई कुवेत प्रहरीले लामो समय देखि सञ्चालन गरेको क्र्याकडाउन अभियानलाई पुनः अगाडी बढाइएको छ। कुवेती प्रहरीको सुरक्षा जाँचका क्रममा कुवेतको महाबुल्ला एरियाबाट ३ सय ६० जना अबैधानिक रुपमा बसिरहेका कामदारहरुलाई गिरफ्तार गरिएको छ।
आइमानमातका अनुसार, कुवेतको महबुल्लामा बेलुका ५ः०० बजेबाट सम्पूर्ण बाटो बन्द गरेर चेकिङ शुरु गरिएको थियो। उक्त सुरक्षा जाँचका क्रममा २ जना अपराधिक क्रियाकलपमा संलग्न भएका व्यक्ति, २९९ जना भागेका वा सम्बन्धित स्पोन्सरबाट सम्पर्क बिहिन भएका, ४२ जना भिसा नियम उल्लंघन गरेका, ७४ जना कागजात बिनाका, ४ जना खोजीको सुचिमा रहेका र एक जना चोरीको अभियोग लागेका व्यक्ति समातिएका छन् । खोजतलासका क्रममा ६३ बोतल घरेलु मदिरा पनि बरामद गरिएको जनाइएको छ ।
यसअघि कुवेतको हवालीको क्याफेहरुबाट १५ जनालाई गिरफ्तार गरिएको थियो भने दिन प्रतिदिन सुरक्षा जाँचलाई कडा पारिएको छ।
यो पनि पढ्नुहोस्
काँचो सुन लैजान पाउनु पर्ने मागः कामदारको हीत की तस्करको भरिया ?