डेनमार्कमा भेला हुँदै एनआरएन

बेल्जियम- ‘युरोपका नेपालीका अभियानः लगानी, पुनर्निर्माण र पर्यटन’ भन्ने नाराका साथ गैरआवासीय नेपाली संघको नवौं युरोपेली क्षेत्रीय बैठक र सातौं महिला सम्मेलन डेनमार्कको कोपेनहेगनमा शनिबारदेखि सुरु हुँदै छ । बैठकमा सहभागी हुन एनआरएनका केन्द्रीय अध्यक्ष शेष घलेलगायत पदाधिकारीहरू  यूरोप आइपुगेका छन् ।

दुई दिने कार्यक्रम कोपेनहेगनस्थित होटल हिल्टनमा आयोजना गरिँदै छ । बैठकमा युरोपका २७ मुलुकका राष्ट्रिय समन्वय परिषदबाट करिब ३ सय प्रतिनिधिहरू सहभागी हुने आयोजकले बताएका छन् । उक्त कार्यक्रममा युरोपेली मुलुकमा स्थापित राष्ट्रिय समन्वय परिषदका गतिविधि, नेपालीहरूका साझा समस्या र चुनौतीहरू, भूकम्पपछिको पुनर्निर्माणमा एनआरएनको भूमिका, स्वेदशमा लगानीका साथै विदेशमा सिकेको सीप र ज्ञानलाई भित्र्याउने विषयमा छलफल गरिने बताइएको छ ।

बैठकसँगसँगै आयोजना गरिने सातौं महिला सम्मेलनमा मुख्य महिला सशक्तीकरणको विषयमा छलफल गरिनेछ । गैरआवासीय नेपाली महिलाहरूको सक्रियता र नेपालका पिछडिएका र विपन्न परिवारका महिलाहरूको आत्मनिर्भरता जस्ता विषयहरूमा समेत छलफल गरिने जनाइएको छ । 

कान्तिपुरबाट 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय