उमेर पुगेका विदेशी कामदारलाई घर फर्काउने तयारी 

दोहा- आप्रवासी कामदारले कति बर्ष उमेरसम्म बैदेशिक रोजगारमा विताउन सक्छ ? ४० बर्ष, ५० बर्ष वा ६० बर्ष ? यो बहसको विषय हो । कति उमेर पुगेपछि कामदारलाई अनिवार्य रुपमा उसकै देश फर्काउने ? यो सम्वन्धित देशको निर्णयमा भर पर्ने कुरा हो । 

कतारको श्रम तथा सामाजिक विषय हेर्ने मन्त्रालयले आप्रवासी कामदारलाई ६० बर्ष पुगेपछि अनिवार्य रुपमा स्वदेश फर्काउने प्रस्तावलाई सकारात्मक रुपमा लिएको छ । कतार ट्रिव्यूनका अनुसार मन्त्रालयले यसले पाको उमेरका व्यक्तिलाई स्वदेश फर्काएर त्यसको ठाउँमा क्षमतावान युवालाई भित्रियाउने अवशर हुने बताएको छ । यसले कतारको भिजन २०३० का लागि महत्वपूर्ण योगदान गर्न सक्ने मन्त्रालयले विश्वास गरेको समाचारमा जनाइएको छ । 

प्रस्ताव अनुसार आप्रवासी कामदारको उमेर ६० बर्ष पुगेपछि श्रम सम्झौता नविकरण नहुने गररी टुँगिने व्यस्था मिलाइनेछ । त्यसरी सम्झौता सकिएका कामदारलाई उनीहरुले पाउने उपादान वापतको रकम पुरा उपलव्ध गराई स्वदेश फर्काइने प्रस्तावमा उल्लेख छ । 

मन्त्रालयले आप्रवासी कामदारको विवरण राख्ने पद्धतीमा गरेको सुधारका समयमा यो समाचार सार्वजनिक भएको छ । 

यो पनि पढ्नुहोस् 

‘खै किन हो मलेसियाबाट उहाँ फोन पनि गर्नुहुन्न’

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय