एनआरएनएको भूकम्पपीडितको घर निर्माण अभियानमा स्वीटजरल्याण्डबाट ९३ लाख 

 

काठमाडौं, साउन ११ 

भूकम्प पिडितहरुका एक हजार घर निर्माण गर्ने एनआरएनएको अभियानका लागि स्विटजरल्याण्डबाट करिब ९३ लाख रुपैयाँ सहयोग संकलन गरिएको छ । गोर्खाको उत्तरी गाउँ लाप्राकमा बस्ती बनाउन सरकारसंग सम्झौता गरिसकेको एनआरएनएलाई घर निर्माणका लागि स्विटजरल्याण्डबाट सहयोगको घोषणा गरिएको हो । 

स्वीस– नेपाली भूकम्प पुनःर्निर्माण अभियानले संकलन गरेको ७५ हजार ६ सय ८२ स्वीस फ्रयाङकस् र स्वीस–नेपाली समाजको १० हजार स्वीस फ्रर्यााङकस् गरी करिब ९३ लाख रुपैयाँ एनआरएनएको पुनर्निमाण अभियानमा सहयोग गर्ने घोषणा भएको छ ।

गैरआबासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्का अध्यक्ष शेष घले र उपाध्यक्ष कुमार पन्तको बिशेष उपस्थितिमा जुरिखमा आईतबार आयोजित एक कार्यक्रम बीच रकम प्रदान गर्ने घोषणा भएको हो । स्विटजरल्याण्डमा उठेको रकमलाई पुनर्निमाणमा खर्च गर्न एनआरएनएलाई बिश्वास गरेकोमा संघका अध्यक्ष घलेले खुशी ब्यक्त गरेका छन् ।

अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष घलेले गोर्खाको उत्तरी गाउँ लाप्राकलाई नयाँ स्थानमा सारेर एकीकृत नमुना बस्ती बनाउन नेपाल सरकारसंग संघले सम्झौता गरे पछिको प्रगती बिबरण बारे जानकारी गराएका थिए । उनले सेप्टम्बरसम्म गुरु योजना तयार भई सक्ने बताए ।

कार्यक्रममा बोल्दै संघका उपाध्यक्ष कुमार पन्तले भूकम्प पिडितका लागि एनआरएनले संकलन गरेको रकम र निर्माणको क्रममा एक पैसा पनि तल माथि नहुने प्रतिबद्दता ब्यक्त गरे । उपाध्यक्ष पन्तले संघको संस्थागत विकासमा केहि चुनौतीहरु भए पनि संघलाई सबैको साझा संस्था बनाउनु पर्नेमा जोड दिए ।

यस अघि संघले प्रत्येक घर बनाउदा करिब ३ लाख ५० हजार रुपैयांको खर्च अनुमान गरे पनि संकलन भएको रकम अपुग हुने देखिएको बेला स्विटजरल्याण्डबाट सहयोग पुग्ने भएको संघकी प्रवक्ता रञ्जु (वाग्ले) थापाले जानकारी गराएकी छन् । 

यो पनि पढ्नुहोस् 

दुवई उड्ने भयो नेपाल बायु सेवा निगमको विमान 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय