दुवई उड्ने भयो नेपाल बायु सेवा निगमको विमान 

लक्ष्मण खनाल, युएई

नेपाल बायु सेवा निगमको विमानले संयुक्त अरब इमिरेटस्को दुबईमा आगामी अगस्त १८ देखि सिधा उडान गर्ने भएको छ । अजमान नेशनल ट्राभल एजेन्सी (अन्टा) ले पत्रकार सम्मेलन गरी यसको जानकारी गराएको हो । निगमले युएईको लागि तोकेको जेनरल सेल्स एजेन्ट (जीएसए) अजमान नेशनल ट्राभल एजेन्सी हो । 

पत्रकार सम्मेलनमा बोल्दै अन्टाका जेनरल मेनेजर कुमार जगदिशनले सम्पुर्ण तयारी पुरा भएको जानकारी दिए । दुबई एअरपोर्ट र निगम विच हुनु पर्ने सम्पुर्ण प्रक्रिया पुरा भएको बताउँदै उनले भदौ २ (अगस्त १८) को दिन राती ११ः३० बजे निगमले चार बर्ष पछि फेरी पहिलो उडान हुने पनि जानकारी दिए । 

पत्रकारका प्रश्नको जवाफ दिदै जगदिशनले नेपाल बायु सेवा निगमको उडान अन्य एअरलाइन्सको तुलनामा सस्तो मुल्यको हुने जानकारी दिए । खाना सुविधा र दुबईबाट नेपाल जाँदा ३५ केजी सामान र नेपालबाट युएई आउँदा २० केजी सामान ल्याउन पाइने सुविधा रहेको पनि उनले बताए । बुद्ध र हिमालयको देश नेपाल अत्यन्तै सुन्दर भएकोले पश्चिमा र अरबी मुलका नागरिकका लागि राम्रो पर्यटकिय देश भएकोले आफुहरु नेपालको पर्यटन प्रवद्र्धनमा पनि सहयोगी बन्ने कुरा पनि उनले बताए । 

निगमको विमानले आइतबार, मंगलबार र विहिबार काठमाडौंबाट दुबईको लागि राती  ११ः३० बजे उडान गर्नेछ भने दुबईबाट सोमबार, बुधबार र शुक्रबार विहान ४ः१० मा उडान गर्नेछ । सो उडानमा १ सय ५० इकोनोमी र ८ बिजनेस सिटहरु हुनेछन ।

कार्यक्रममा युएईका स्थानिय मिडियाहरु गल्फ टाइम्स, खालीज टाइम्स, गल्फ टुडेका प्रतिनिधिहरु, युएईमा क्रियाशिल नेपाली पत्रकारहरु र युएइमा रहेका नेपाली ट्राभल व्यवसायीहरुको उपस्थिति थियो । 

यता नेपाली निगमले युएई उडान गर्ने निर्णय भएसंगै युएईमा रहेका नेपालीहरु खुशी भएको नमस्ते ट्राभलका सञ्चालक अशोक बाँनियाले बताए । आफ्नो ट्रभालमा हवाई टिकटको लागि आउने नेपालीहरु नेपाली विमानमा, नेपाली खानासंगै सिधा उडान हुने सुनेर खुशी भएको उनी बताउछन । 

यो पनि पढ्नुहोस् 

कामदारको पासपोर्ट अनुमति विना राखेमा झण्डै ५५ हजार जरिवाना !

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय