
काठमाडौं, साउन १०- नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार कतारी रियालको खरिदर २९ रुपैंयाँ ४० पैसा र विक्रि दर २९ रुपैंयाँ ५६ पैसा रहेको छ । यसैगरी युएई दिरहमको खरिददर २९ रुपैंयाँ १४ पैसा छ भनें विक्रि दर २९ रुपैंयाँ ३१ पैसा छ । साउदी रियालको खरिददर २८ रुपैंया ५४ पैसा छ भनें विक्रि दर २८ रुपैंयाँ ७० पैसा रहेको छ ।
मलेसियन रिंगिटको खरिद दर २६ रुपैंयाँ छ ३९ पैसा भनें विक्रि दर २६ रुपैंयाँ ५३ पैसा छ । बहुसंख्यक नेपाली कामदार कार्यरत मुलुकको मुद्राको मूल्य बृद्धि हुँदा धेरैलाई फाइदा हुन्छ ।
यसैगरी कुवेती दिनारको खरिददर ३५३ रुपैंया ६६ पैसा छ । बहराइन दिनारको खरिददर २८३ रुपैंयाँ ८८ पैसा छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।
यो पनि पढ्नुहोस्
कामदारको पासपोर्ट अनुमति विना राखेमा झण्डै ५५ हजार जरिवाना !