
प्रश्नः म हाल रोजगारीको सिलसिलामा कतारमा छु । म कम्पनीबाट छुट्टीमा अव नेपाल आउन लागेको छु । म यहाँ आएको दुई बर्ष पुरा भएको हो । मैले घरायसी प्रयोजनको लागि एउटा टीभि ल्याउने विचार गरेको छु । त्यसको भन्सार लाग्छ की लाग्दैन ?
विजय कुमार राम, महोत्तरी, हाल दोहा कतार
उत्तरः विजय जी, तपाई बैदेशिक रोजगारीमा दुई वर्ष विताएर फर्किन लाग्नु भएको हुँदा त्यसरी फर्किने मध्ये जसले एक बर्ष पुरा गरि फर्किंदै छ उसले ३२ ईन्चसम्मको कुनै पनि टेलिभिजन ल्याउँदा कुनै शुल्क तिर्नुपर्दैन । त्यस भन्दा बढी ईन्चको ल्याएमा भन्सार तिर्नुपर्ने हुन्छ ।
यो पनि पढ्नुहोस्
भिजिट भिषा, सुन तस्करी र हुण्डी नियन्त्रणः कुरा भए काम भएनन्