लक्ष्मण खनाल युएई, साउन १०
गैर आवासिय नेपाली संघ अन्र्तराष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष कुमार पन्तले बैदेशिक रोजगारीमा देखिएका हरेक समस्या कमगर्दै लैजान एनआरएन लागि परेको बताएका छन ।
गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद युएईले आयोजना गरेको अन्तरक्रियामा उठेका प्रश्नहरुको जवाफ दिंदै उनले सो कुरा बताएका हुन । खासगरी मध्यपुर्व र मलेसियामा बैदेशिक रोजगारीमा जाने नेपालीलाई धेरै समस्या पर्ने गरेको बताउदै उनले समस्या समाधानको लागि एनआरएनको पाँचौ मध्यपूर्व भेलाले हरेक राष्ट्रिय समन्वय परिषदको अध्यक्षले प्रतिनीधित्व गर्ने गरी संयन्त्र बनाएको र सोही संयन्त्र मार्फत निर्णयहरुको कार्यान्यवन र अनुगमन गरिने बताए । हुन्डी र सुन तस्करीलाई निरुत्साहित गर्न नेपाल सरकार समक्ष अनुरोध गरिने पनि उनले बताए । साथै उनले एनआरएनको पाँचौ मध्यपूर्व भेलाले गरेका निर्णयहरु स्पष्ट पारेका थिए ।
कार्यक्रममा बोल्दै वक्ताहरुले एनआरएनको पाँचौ मध्यपुर्व भेलाले गरेका निर्णयहरु माथी टिप्पणी गर्दै हुण्डी र सुन तस्करी, भिजिट भिषा, युएईमा कन्सुलेट स्थापना र बैदेशिक रोजगारीमा आएका विविध समस्याको समाधानको लागि एनआरएनले पटक पटक निर्णय गरेका कुराहरु कार्यान्यवन हुन नसकेको र त्यसतर्फ जोड दिन आग्रह गरेका थिए । कार्यक्रम एनआरएन युएईका उपाध्यक्ष रमेश श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।
यो पनि पढ्नुहोस्
के के निर्णय भयो गैर आवासिय नेपाली संघको पाँचौ मध्यपुर्व क्षेत्रिय भेलामा ?