काठमाडौं, साउन ९- नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार कतारी रियालको खरिदर २९ रुपैंयाँ ४० पैसा र विक्रि दर २९ रुपैंयाँ ५३ पैसा रहेको छ । यसैगरी युएई दिरहमको खरिददर २९ रुपैंयाँ १५ पैसा छ भनें विक्रि दर २९ रुपैंयाँ ३२ पैसा छ । साउदी रियालको खरिददर २८ रुपैंया ५५ पैसा छ भनें विक्रि दर २८ रुपैंयाँ ७१ पैसा रहेको छ ।
मलेसियन रिंगिटको खरिद दर २६ रुपैंयाँ छ ४० पैसा भनें विक्रि दर २६ रुपैंयाँ ५५ पैसा छ । लगातार घटेको रिंगिटको मूल्य २७ रुपैंयाँ आसपासमा नै केहि समययता कारोवार भइरहेको छ । बहुसंख्यक नेपाली कामदार कार्यरत मुलुकको मुद्राको मूल्य बृद्धि हुँदा धेरैलाई फाइदा हुन्छ ।
यसैगरी कुवेती दिनारको खरिददर ३५३ रुपैंया ९३ पैसा छ । बहराइन दिनारको खरिददर २८३ रुपैंयाँ ७४ पैसा छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।
यो पनि पढ्नुहोस्
मलेसियामा अबैधानिक कामदार पक्राउ अभियान तिब्र