मलेसियामा अबैधानिक कामदार पक्राउ अभियान तिब्र

सुदीप निउरे, साउन ९, क्वालालम्पुर

मलेसियाले अबैधानिक कामदार पक्राउ गर्ने अभियानलाई तिब्र पारेको छ । राजधानी क्वालालम्पुरको सेन्टल मार्केट र त्यस आसपासको क्षेत्रबाट शनिबारमात्र एक सय २० जना अबैधानिक कामदार पक्राउ परेको यहाँको सरकारी संचारमाध्यम बर्नामाले जनाएको छ । पक्राउ पर्नेमा नेपाल, बङलादेश र म्यानमार मुलुकका कामदार भएको बताइए पनि कुन देशका कतिी्जना कामदार पक्राउ परेका हुन भन्ने खुलाइएको छैन । 

पछिल्लो एक सातामा धरपकड तिब्र पारिएको हो । आप्रवासी कामदारको ब्यापार ब्यवसाय र जमघट धेरै हुने क्षेत्र, सार्वजनिक बस, मार्केट लगायतका स्थानमा अध्यागमन प्रहरी, नगर प्रहरी तथा रेलानामक स्वयंसेवक दस्ता परिचालन गरिएका छन् । अध्यागमन प्रहरीले धरपकडका क्रममा बैधानिक , अबैधानिक सबै कामदारलार्इ पक्राउ गर्ने गरेपनि अनुसन्धानपछि  बैधानिक भेटिए सम्बधित कम्पनि लिनगए जिम्मा लगाईदिने गर्दछ ।

मलेसियाले यहि जुन मसान्तसम्म अबैधानिक रुपमा बसिरहेका कामदारलार्इ बैधानिक बन्न अथवा घर फर्किन भनि समयसीमा दिएको थियो । दिइएका दुबै अवसरमा अबैधानिक कामदार सहभागि बन्न नचाहेपछि उनीहरुविरुद्ध धरपकड तिब्र पारेको हो । 

मलेसियामा जति बैधानिक कामदार छन त्यस्को दुइगुना विदेशी कामदारहरु गैरकानुनी रुपमा काम गरेको अनुमान छ । हाल मलेसियामा २३ लाख विदेशी कामदारहरु बैधानिक तरिकाले काम गरीरहेका मध्य  ५ लाख  नेपाली पनि पर्दछन् । मलेसियामा अहिलेपनि प्रसस्त नेपालीहरुले अबैधानिक तरीकाले काम गरीरहेको भेटिन्छ ।

यो पनि पढ्नुहोस 

तथ्याँकले भन्छः विदेश जानेका श्रीमतिले अर्कै विहे गर्ने दर प्रचार गरेजस्तो छैन

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय