प्रश्नः मलेसियामा बेसिक बढेको साँच्चै हो कि हल्ला मात्रै हो ? हाम्रो कम्पनीले त कुनै जानकारी गराएको छैन, किन होला ?
(सन्तोष घिमिरे गुल्मी जिल्ला हाडहाडे, बर्दबास हाल, मलेसिया)
उत्तरः मलेसियामा बेसिक बढेको हल्ला होईन साँचो हो । मलेसिया सरकारले यहि जुलाई १ देखि लागु हुने गरि यस अघि प्रदान गर्दै आएको ९ सय बेसिकमा एकसय आरएम थप गरिदिएको छ । सरकारले घोषणा गरे बमोजिम सबै कम्पनिले दिनु पर्ने हुन्छ । कतिपय कम्पनिहरु सरकारले घोषणा गरेको नयाँ पारीश्रमिक दिन ढिलासुस्ती गर्ने र चासो नदेखाउने पनि गर्दछन् । यसअघि सन २०१३ मा पनि मलेसिया सरकारले ९ सय बेशिक बनाउदा कतिपय कम्पनिहरुले झण्डै एकबर्ष पछि मात्र त्यसलाई पुर्णरुपमा कार्यान्वयनमा ल्याएको पाईएको थियो । त्यसैले पहिला तपार्इ कार्यरत कम्पनिको तयारी बारेमा राम्रोसँग बुझ्नु होला । यदि तपार्इ कार्यरत कम्पनिले सरकारले घोषणा गरे बमोजिम एक हजार बेसिक दिन तयार छैन भने मलेसियामा अवस्थित नेपाली राजदुतावासमा पनि उजुरी गर्न सक्नु हुनेछ।
(सुदीप निउरे, देशपरदेश मलेसिया सम्वाददाता)
यो पनि पढ्नुहोस्
तथ्याँकले भन्छः विदेश जानेका श्रीमतिले अर्कै विहे गर्ने दर प्रचार गरेजस्तो छैन