युएईमा कल्याणकारी कोष स्थापना गरिंदै 

लक्ष्मण खनाल, युएई

नेपाली समाज युएईले २६ औं बार्षिक उत्सव तथा नेपाली कल्याणकारी कोष २०१६ स्थापनाको लागि सुझाव संकलन गरि बैठक सम्पन्न गरेको छ ।

शुक्रबार युएईको बर दुबईमा सम्पन्न बैठकमा आगामी अगस्त ५ मा आयोजना गर्न गइरहेको २६ औं बार्षिक उत्सव कार्यक्रम र सोही कार्यक्रमबाट संकलन हुने रकमबाट स्थापना गर्न गइरहेको नेपाली कल्याणकारी कोष २०१६ का बारेमा छलफल भएको थियो । बैठकमा बोल्दै बक्ताहरुले नेपाली समाजको उक्त अभियानलाई सहयोग गर्ने प्रतिबद्दता प्रकट गर्दै कार्यक्रम तयारी र कार्यक्रममा गर्नुपर्ने सुधारहरुको लागि सुझाव दिएका थिए । 

समाजका महासचिव मणी भुर्तेलले बार्षिक उत्सव कार्यक्रम र कल्याणकारी कोषको बारेमा जानकारी दिएका थिए । उनले कार्यक्रममा बार्षिक उत्सवसंगै युएईमा क्रियाशिल नेपाली ३० जना कलाकारहरुको प्रस्तुती, मगर संघको सहकार्यमा पञ्चे बाजा र जनजाति महासंघको सहकार्यमा विभिन्न झाँकीहरु प्रस्तुत हुने जानकारी दिए । साथै कार्यक्रम भव्य रुपमा सम्पन्न गर्नको लागि नेपाली समाजमा आवद्ध संस्थाहरु, पत्रकार महासंघ लगायत अन्य संस्थाहरु समेटेर कार्यक्रम मुल आयोजक समिति बनाएको पनि जानकारी दिए ।

युएईमा रहेका विभिन्न नेपाली संघ संस्थाका प्रतिनिधिहरु उपस्थित उक्त कार्यक्रममा उठेको प्रश्नको जवाफ दिंदै समाजका अध्यक्ष चन्द्र सापकोटाले कार्यक्रम सफल बनाउन सुझाव दिने सम्पुर्ण प्रतिनिधिहरुलाई धन्यवाद दिए । साथै उनले प्रश्नहरुको जवाफ दिदै प्रचार प्रसारको क्रममा नेपाली दर्शकहरुले नेपालबाट राष्ट्रिय कलाकारको लागि आग्रह गरेको बताउदै सोही कारणले नेपाली समाजले प्रयास गरेको भन्दै यसलाई अन्यथा नबुझिदिनुहुन आग्रह गरे । 

नेपाली समाजको २६ औं बार्षिक उत्सव कार्यक्रम आगामी ५ अगस्तका दिन दुबईको अलकुजमा रहेको डुल्सको लेबर क्याम्पको हलमा सम्पन्न हुन गइरहेको छ । युएईको सबै भन्दा पुरानो र लामो इतिहास बोकेको नेपाली समाजको यस बार्षिक उत्सव र कल्याणकारी कोषले  विशेष महत्व राख्ने देखिएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय