नेपाली दुतावासले माग्यो नेपाली संघ संस्थाहरुको बार्षिक कार्य विवरण

लक्ष्मण खनाल, युएई

नेपाली राजदुतावास युएईले यहाँ क्रियाशिल नेपाली संघ संस्थाहरुले गरेको मुख्य कार्यहरुको विवरण माग गरेको छ । ५ साउन २०७३ मा दुतावासबाट जारि गरिएको सुचनामा अनौपचारिक रुपमा युएईमा क्रियाशिल नेपाली संघ संस्थाहरुले विगत एक बर्षमा गरेका मुख्य मुख्य कार्यहरुको विवरण उपलब्ध गराउन अनुरोध गरेको हो । 

विवरण संस्थाको आधिकारिक लेटरहेडमा सहिछाप सहित दुतावासको इमेल वा दुतावासको फेसबुक पेजको इन्बक्समा उपलव्ध गराउन सक्ने कुरा पनि सुचनामा उल्लेख छ ।  साथै दुतावासलाई संस्थागत विवरण उपलव्ध गराएकोमा पनि धन्यवाद ज्ञापन गरिएको  छ ।

बार्षिक कार्य विवरण माग्नुको उद्देश्यका बारेमा जानकारी दिंदै दुतावासका द्वितिय सचिव तथा सुचना अधिकारी कृष्ण अर्यालले संघ संस्थाहरुले एक बर्षको अन्तरालमा के कस्ता मानविय र सामाजिक कार्य गरे, सो संस्थाको कारणले नेपालीहरुलाई के कस्तो प्रभाव परेको छ, संस्थाले सामाजिक रुपमा के कति योगदान दिएको छ भन्ने जानकारी लिएर भविष्यमा संस्थाहरुसंग समन्वय गर्न सजिलो होस भन्ने नै मुख्य उद्देश्य रहेको जनकारी दिए ।

नेपाली दुतावास युएईको कार्यबहाक राजदुत नेत्र टण्डन भए देखि नै दुतावासले यहाँ क्रियाशिल नेपाली संघ संस्थाहरुसंग समन्वय बढाएको छ । यसबाट युएईमा रहेका नेपालीलाई समस्या पर्दा, राहत, उद्दारका कार्य र सामाजिक कार्यमा हातेमालो गर्न सकिने देखिन्छ ।

यो पनि पढ्नुहोस्  

बैदेशिक रोजगारमा जानलाई क्रमशः निरुत्साहित गरिनेः प्रधानमन्त्री ओली

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय