परदेशको अस्पतालमा १७ महिनादेखि अचेत 

राज मल्ल/हरिकृष्ण न्यौपाने, कुवेत साउन ५ 

कुवेतको आदान अस्पतालको आइसियुमा जङकोट रोल्पाका ३२ बर्षिय शिवराम खत्री बिगत १७ महिना देखी अचेत अवस्थामा मृत्युसंग लडिरहेका छन। अस्पतालका अनुसार उनलाई २०१५ को जनवरी ५ मा सो अस्पतालमा भर्ना गरिएको हो । उनी आदान अस्पातलको आईसियुमा बेड नं ३२ मा छन् । 

उनलाई पाइपबाट झोल कुरा खान दिएर राखिएको उनलाई हेर्र्न पुगेका जिफन्ट सपोर्ट ग्रुप,  कुवेतका महासचिव गणेश राउतले जानकारी दिए । आँखाले हेर्ने र बोलेको सुन्न सक्ने शिवरामलाई प्यारालाइसिस भएको र उनको स्वास्थ्यमा यसभन्दा बढी सुधार हुन नसक्ने उपचारमा संलग्न डाक्टरहरुले बताएका छन। 

नेपाली दुताबासका द्धितिय सचिव अम्बिका जोशीले शिवरामलाई नेपाली दुताबासका श्रमसहचारी लगायतले यसअगाडी नैै भेटेर उनको अवस्थाका बारेमा पटक पटक जानकारी लिएको बताए । जोशीका अनुसार चिकित्सकले उनलाई ब्रेन स्ट्रोक भएको र बिस्तार सबै अंग निस्कृय हुँदै गएकोले अवस्थामा सुधार आउन कुनै चमत्कारनै हुनु पर्ने बताएका छन् । शिवरामको स्वास्थ्य अवस्था जटिल भएकाले उनलाई नेपालको कुनै सरकारी अस्पतालले उपचारको जिम्मा लिएमा मात्र पठाउन सकिने अवस्था रहेको छ । 

यसै बिच शिवराम खत्रीको बारेमा जानकारी पाए पछी उनको उद्दारको लागि राप्ती एकता समाज कुवेतका अध्यक्ष मस्त बहादुर बिकले बिगत ३ महिना देखी पहल गरिरहेको जनाएका छन । बिकले भने, ‘शिवरामको बुवाआमाको उमेर ढल्की सकेको, आर्थिक अवस्था पनि कमजोर रहेको र राजधानीबाट टाढा रहेकोले पनि उद्दारको लागि अपिल गर्न परराष्ट्र पुग्न नसकेकोले कठिनाई भएको तथा उनीहरुसँग सम्पर्क समेत समयमा हुन नसकेको हो।’ शिवरामको परिवारका लागि केहि आर्थिक सहयोग जुटाउन र सकेसम्म शिवरामलाई छिटटै नेपाल पठाउन सहयोग गर्न बिकले सम्बन्धित निकाय र कुवेतका नेपाली संघसंस्थाहरुलाई पनि अपिल गरेका छन।

स्मरण रहोस, ६ बर्ष देखी कुवेतको फर्मानिया अस्पातलमा अचेत नुवाकोटकी शान्ती माया दोङलाई पनि केही बर्ष पहिले परराष्ट्र मन्त्रालय,नेपाली दुताबास, कुवेतको स्वास्थ्य मन्त्रालय, सम्बन्धित अस्पताल तथा नेपाली संघसंस्थाहरुको संयुक्त पहलमा मेडिकल स्कोर्टबाटै नेपाल पठाईएको थियो । वीर अस्पातलले उनको उपचारको जिम्मा लिदै नर्स पठाएको थियो। तर शान्तीमायाले केही समय पछी नुवाकोटको घरमै संसार छोडिन भने उनको परिवारका लागि कुवेतबाट ठुलो आर्थिक सहयोग जुटाइएको थियो। 

योे पनि पढ्नुहोस् 

नेपाल आउने रकम सवैभन्दा धेरै कतारबाट, खाडीमा थोरै आउने बहराइन  

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय