
काठमाडौं, साउन ४- नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार कतारी रियालको खरिदर २९ रुपैंयाँ ४३ पैसा र विक्रि दर २९ रुपैंयाँ ५९ पैसा रहेको छ । यसैगरी युएई दिरहमको खरिददर २९ रुपैंयाँ १८ पैसा छ भनें विक्रि दर २९ रुपैंयाँ ३४ पैसा छ । साउदी रियालको खरिददर २८ रुपैंया ५८ पैसा छ भनें विक्रि दर २८ रुपैंयाँ ७४ पैसा रहेको छ ।
मलेसियन रिंगिटको खरिद दर २६ रुपैंयाँ छ ९४ पैसा भनें विक्रि दर २७ रुपैंयाँ ९ पैसा छ । लगातार घटेको रिंगिटको मूल्य २७ रुपैंयाँ आसपासमा नै केहि समययता कारोवार भइरहेको छ । बहुसंख्यक नेपाली कामदार कार्यरत मुलुकको मुद्राको मूल्य बृद्धि हुँदा धेरैलाई फाइदा हुन्छ ।
यसैगरी कुवेती दिनारको खरिददर ३५४ रुपैंया ४५ पैसा छ । बहराइन दिनारको खरिददर २८३ रुपैंयाँ ९३ पैसा छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।
यो पनि पढ्नुहोस्
मलेसियाबाट फर्काइए १६ जना नेपाली