मलेसियाबाट फर्काइए १६ जना नेपाली 

काठमाडौं– मलेसियामा जेल सजाय काटिसकेपछि घर फर्किने भाडा नभएर घरफिर्ती केन्द्रमा बसिरहेका १६ जना नेपाली युवालाई मलेसियास्थित नेपाली दूतावासले निःशुल्क टिकटमा नेपाल पठाएको छ। उनीहरुलाई नेपाल एयर लाइन्सको उडान नं. ५१३ मार्फत नेपाल पठाएको दुताबासले विज्ञप्तीमार्फत जनाएको छ।

मलेसियामा अवैध तरिकाले काम गरेको आरोपमा जेल सजाय पाई सजायसमेत भुक्तान गसिकेका नेपालीहरु घर फर्किने प्लेन भाडा नहुँदा घर फिर्ती केन्द्रहरुमा बसिरहेका छन्।

यस्ता नेपाली मध्ये दूताबासले हालसम्म ६ सय १२ जनालाई निःशुल्क घर पठाइसकेको जनाएको छ। अझै पनि त्यस्ता केन्द्रहरुमा रहेका नेपालीलाई घर फर्काउने दुतावासले जनाएको छ।

यो पनि पढ्नुहोस् 

विदेश जाँदै हुनुहुन्छ वा विदेशमा हुनुहुन्छ रु यी कुरामा ध्यान दिउँ 

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय