विदेश जाँदै हुनुहुन्छ वा विदेशमा हुनुहुन्छ ? यी कुरामा ध्यान दिउँ 

काठमाडौं, साउन ४- तपाई बैदेशिक रोजगारमा जाने योजना बनाउँदै हुनुहुन्छ वा रोजगारीका क्रममा विदेशमा हुनुहुन्छ भनें केहि विषयमा सचेत रहनु जरुरी छ । बैदेशिक रोजगारमा जाने योजनामा रहेकाहरुले ध्यानदिनु पर्ने कुराहरुः 

  • बैदेशिक रोजगारमा जानु अगाडी ठिक योजना बनाउनुहोस् ।
  • अरुको लहैलहैमा लागेर सीप नसिकी विदेश जानु हुन्न, आफूलाई सुहाउँदो र बैदेशिक रोजगारमा कमाई पनि हुने खालको सीप सिक्नुहोस् ।
  • स्थानीय एजेण्टलाई धेरै भर नगर्नुहोस् । त्यो व्यक्ति आधिकारिक हो वा होइन परिचयपत्र हेर्नुहोस् । त्यस अगाडी उसले विदेश पठाएकाहरुलाई सम्भव भएमा सम्पर्क गरी उनीहरुले पाएको काम र तलव सुविधाका बारेमा जानकारी लिनुहोस् ।
  • कुन मेनपावर कम्पनी मार्फत तपाईको प्रकृया अगाडी बढाइने हो, सुरुमै जानकारी लिनुहोस् । सकेसम्म मेनपावर कम्पनीमा सम्पर्क गर्नुहोस् ।  
  • अभिमुखिकरण तालिम अनिवार्य रुपमा लिनुहोस् ।
  • स्वास्थ्य परिक्षणमा ढाँटेर गलत कागजात बनाएर विदेश नजानुहोस् । यसले तपाई बीचमा नै फर्किनु पर्ने हुनसक्छ । यसका कारण तपाईको खर्च मात्र धेरै हुनसक्छ ।
  • काम गर्न जाने देशको भाषा, संस्कृतिका बारेमा बुझ्नुहोस । सो देशमा रहेको नेपाली दुतावास, नेपाली संघसंस्थाका बारेमा जानकारी लिनुहोस् ।
  • सम्पूर्ण कागजातको एकप्रति फोटोकपि अनिवार्य रुपमा घरमा छोडेर जानुहोस् । 

बैदेशिक रोजगारका क्रममा विदेशमा भएमा 

  • राम्रोसँग हेरेर मात्र सम्झौतापत्रमा सहि गर्नुहोस् । कुनै समस्या परेमा तुरुन्त दुतावास वा सहयोगि नेपाली संस्थामा सम्पर्क गर्नुहोस् ।
  • बस्ने ठाउँमा सचेत रहनुहोस् । धेरै गर्मी हुने खाडीका मुलुकमा काम गर्न पुग्नुभएको छ र तपाई बाहिरफेरको काममा हुनुहुन्छ भनें पानी पर्याप्त खाने र राती एसीलाई धेरै चिसो नबनाई सुत्ने गर्नुहोस् ।
  • धेरै चिन्ता, तनाव नलिनुहोस् । आफूलाई परेको समस्यका बारेमा आत्मिय साथिसँग छलफल गर्ने र समस्या समाधानका उपाय खोज्नुहोस् ।
  • धेरै पैसा साथमा नराख्नुहोस् । बाहिर घुमफिर गर्दा पनि पैसा धेरै साथमा नराख्नुहोस् । पैसा पठाउँदै गरेको जानकारी पनि अन्य कसैलाई नदिनुहोस् ।
  • करार अवधि सकिएपछि स्वदेश फर्किनुहोस् । र, पुनः बैदेशिक रोजगारमा जाने भएमा पुनः श्रम स्वीकृति लिएर मात्र जानुहोस् ।

   तपाई यसमा केहि थप्न चाहनुहुन्छ की ?   

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय