काठमाडौं, साउन ३- नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार शुक्रवार कतारी रियालको खरिददर २९ रुपैंया ३९ पैसा छ भनें विक्रिदर २९ रुपैंयाँ ५५पैसा छ । यसैगरी युएई दिरहमको खरिददर २९ रुपैंया १३ पैसा र विक्रि दर २९ रुपैंयाँ ३० पैसा छ । साउदी रियालको खरिरदर २८ रुपैंयाँ ५३ पैसा र विक्रि दर २८ रुपैंयाँ ६९ पैसा छ ।
मलेसियन रिंगिटको खरिददर २७ रुपैंयाँ ११ पैसा तथा विक्रिदर २७ रुपैंयाँ २६ पैसा छ । केहि समययता रिंगिटको सटही दर २७ रुपैंयाँ भन्दा माथि छ । धेरै नेपाली कार्यरत मुलुक मलेसियाको मुद्राको सटही दर बृद्धि हुँदा यसले धेरैलाई राहत मिल्छ ।
यसैगरी कुवेती दिनारको खरिददर ३५४ रुपैंयाँ ४ पैसा छ । बहराइन दिनारको खरिददर २ सय ८३ रुपैंयाँ ५४ पैसा छ । राष्ट्र बैंकले तोकेको विनिमय दरमा थोरै फेरवदल गरी वाणिज्य बैंकहरुले कारोवार गर्न पाउँछन् ।