अन्र्तराष्ट्रिय नेपाली कलाकार समाज युएईको अध्यक्षमा रेखा घिमिरे

लक्ष्मण खनाल युएई

अन्र्तराष्ट्रिय नेपाली कलाकार समाज युएईको प्रथम अधिवेशनबाट नयाँ कार्य समिति चयन भएको छ । कार्यसमितिको अध्यक्षमा रेखा घिमिरे सर्वसम्मत चयन भएकी छन । नेपाल पत्रकार महासंघ युएई शाखा अध्यक्ष त्रिलोचन कोइरालाको संयोजकत्व रहेको निर्वाचन समितिले २३ सदस्यीय कार्य समिति चयन गरेको छ । वरिष्ठ उपाध्यक्षमा गोपी कृष्ण पंगेनी, उपाध्यक्षमा लक्ष्मण देवाली र अनुराग थपलिया, महासचिवमा राम तामाङ, सचिवमा कुशल बुच्चा, कोषाध्यक्षमा एमडी बोहोरा, र सहकोषाध्यक्षमा दिपक गुरुङ चयन भएक छन् । 

प्रवक्तामा धनेन्द्र मास्की राना मगर तथा सदस्यहरुमा मोहन बोगटी, नन्दु राई, सारिका सुनार, आशिकी पाण्डे, सुमन स्याङताङ, द्रोण श्रेष्ठ, मुनाल शिशिर, ओमकार पोखरेल, राजेश कोच, भविन वि सी कृष्ण खवास, लाल बहादुर ढेंगा, अमृता लिम्बु, चुमन काउछा र लोमु शेर्पा रहेका छन ।

साथै अधिवेशनले ग्लोबल प्रतिनिधिको रुपमा आशिष पुरुषलाई चयन गरेको छ । सोही अवसरमा ५  सदस्यीय संरक्षक समिति पनि गठन गरिएको छ । संरक्षकमा मोहराज शर्मा, उमेश राई, दलवीरसिंह बराइली, भावना ढकाल र जे सागर रहेका छन । साथै ९ सदस्यीय सल्लाहकार समितिमा चन्द्र प्रसाद सापकोटा, समदर्शी कोइराला, निमेष गिरी, विजय सुब्बा, एकेन्द्र थापा, दिपा पाण्डे, राजेश दर्शन अर्याल, शालिक सुबेदी र मेघराज सापकोटा रहेका छन । नयाँकार्य समितिको पहिलो बैठकले २ जना सल्लाहकार सदस्य थप्ने नव निर्वाचित कार्यसमितिका बरिष्ठ उपाध्यक्ष गोपीकृष्ण पंगेनीले बताए ।  

अन्र्तराष्ट्रिय नेपाली कलाकार समाज युएईका अध्यक्ष मोहराज शर्माको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा नेपाली समाज युएईका अध्यक्ष चन्द्र प्रसाद सापकोटाको प्रमुख आतिथ्यता रहेको थियो । साथै कार्यक्रममा एनआर एनका प्रतिनीधि, युएईमा क्रियाशिल विभिन्न नेपाली संघ संस्थाका प्रतिनीधिहरु, पत्रकार, लेखक, साहित्यकार, कलाकार आदिको उपस्थिती रहेको थियो । कार्यक्रममा पुरानो कार्यसमितिका महासचिव गोपीकृष्ण पंगेनीले समाजको संगठनिक प्रतिवेदन तथा कोषाध्यक्ष लक्ष्मण देवालीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । 

सोही कार्यक्रममा अन्र्तराष्ट्रिय नेपाली कलाकार समाज युएईको तर्फबाट युएईको रशिद अस्पतलमा विगत चार महिनादेखी उपचार गराइरहेका सर्लाही बयलबासका निर्मल लामाको उपचार सहयोगार्थ सहयोग रकम २५०० दिहराम उनका दाजु कमल लामालाई हस्तान्तरण गरिएको थियो ।

कार्यक्रमका वक्ताहरुले नयाँ कार्यसमितिलाई शुभकामना दिंदै युएईमा रहेका सम्पुर्ण नेपाली कलाकारहरु एउटै संस्थामा संगठित गर्नको लागि यो कार्य समिति सफल रहोस् भन्ने शुभकामना व्यक्त गरेका थिए । 

यो पनि पढ्नुहोस् 

भिजिट भिषाका कारण दर्जनौ नेपाली युवा बन्धक जस्तै अवस्थामा

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय