भिजिट भिषाका कारण दर्जनौ नेपाली युवा बन्धक जस्तै अवस्थामा 

लक्ष्मण खनाल, युएई

भिजिट भिषामा लगि राम्रो आम्दानी हुने जागिर लगाइदिने भन्दै दलाल मार्फत युएई आई पुगेका दर्जनौ नेपाली युवा युएईमा बन्धक जस्तै अवस्थामा रहेको पाईएको छ । 

नेरु ६० हजार रुपैया भन्दा माथिको मासिक पारिश्रमिकमा काम लगाईदिने  आश्वासनमा तीन देखि पाँच लाख रुपैयासम्म नेपालमा बुझाएर आएका युवाहरु अहिले आफ्नो साथमा पासपोर्ट पनि साथमा नभएपछि बन्धक जस्तै बनेका छन् । यस्ता कतिपय युवाले खाना खाने खर्चपनि नभएको भन्दै भोकै परेको गुनासो समेत गर्ने गरेका छन् । आफ्नो बास्तविक अवस्था थाहा पाउँदा घर परिवार तथा आफन्तमा चिन्ता पर्ने भन्दै उनीहरुले खुलेर सहयोगको याचना पनि गर्न सकेका छैनन् । उनीहरुले आफुहरुसंग भएका कुरा सञ्चार मध्यममा आएपनि परिचय खुल्ने फोटो र भिडियो सार्बजनिक नगर्न अनुरोध गरे । 

ठग्नेहरु आफन्तनै छन,  कसरी ठगिए उनीहरु ? 

युएईमा समस्यामा परेकाहरु  अधिकांश आफन्तबाटै ठगिएका छन् । बाँकेको खजुराका समिर (नाम परिवर्तन) ले आफु भिनाजुको विश्वासमा परेर ठगिएको बताए । उनले आफु भिनाजु मार्फत काठमाडौंमा दिनेश थापा भन्ने दलालको सम्पर्कमा पुगेको र दिनेश थापा मार्फत युएई आएको बताउँछन । अहिले युएईको शारजाह स्थित एक भवनमा करिब एक दर्जन नेपाली अन्यौलपूर्ण अवस्थामा बसिरहेका छन । समिरसंगै उनीहरु ३ देखि ५ लाखसम्म तिरेर युएई आएका हुन् । 

युएईमा सेक्युरिटि गार्डको जागिर लगाइदिने र मासिक तलब नेरु ७५ हजारको हाराहारीमा हुने उनीहरुलाई आश्वासन दिइएको उनीहरुको भनाई छ । युएई आइ सकेपछि आकाश भनिने प्रकाश घलेले उनीहरुलाई शारजाह विमानस्थलबाट सो ठाउँमा लगेका थिए । त्यसरी आएका मध्ये कतिपय दुई महिनायता युएईमा छन् भनें कतिपय एकमहिना भएको बताउँछन् । तर उनीहरुले रोजगारी भनें पाएका छैनन । 

दलाललाई सम्पर्क गर्दा फोन नउठाउने गरेको उनीहरुको गुनासो छ । अहिले उनीहरु बसेको कोठाको भाडा पनि नतिरिदिएको र एक बंगाली आएर उनीहरुको पासपोर्ट पनि लिएर गएको उनीहरुको भनाई छ । ’कोठाको भाडा लिएर आउ पासपोर्ट लिएर जाउ भन्दै सबैको पासपोर्ट लग्यो’ उनीहरुले भनें न खाने पैसा छ हुदाँ हुदा पासपोट पनि लगिदियो न हामी यता उता हिड्न सक्छौ, बरु पासपोर्ट पाए नेपाल जान्थ्यौं ।’  

ठगिमा सरकारीे सहभागिता

युएईमा ठगिमा परेका युवाहरुको ठगिमा नेपाल सरकारको समेत सहभागिता छ । नेपाल सरकारका कर्मचारीले सेटिङको नाममा भिजिट भिसामा आउने युवाहरुबाट दलाल मार्फत मोटो रकम लिने गरेका छन् । एक जना बराबर ५० हजारु रुपैयाँसम्म सेटिङमा खर्च लाग्ने भन्र्दैे दलालहरुले त्यसरी आउनेहरुसँग मोटो रकम असुल्ने गरेका छन् । कतिपय भिजिट भिषामा आउनेहरु पनि नक्कली कामदार भिषा र त्यही नक्कली भिषामा श्रम स्विकृती लिएर आउने गरेको पनि भेटिएको छ । त्यस्ता नक्कली भिषा र श्रम स्विकृती नेपाल एअरपोर्ट सेटिङ्गमा मात्र देखाउने र युएईमा एअरपोर्टमा फेरी भिजिट भिषाको काजगाज देखाउने गरिन्छ । 

दुतावास र भिजिट भिषाको समस्या

नेपाली राजदुतावास युएईले पनि भिजिट भिषामा हुने गरेको ठगी दलालीको बारेमा चिन्ता व्यक्त गरेको छ । नेपालबाट अबैधानिक बाटो हुँदै वा त्यस्तै सेटिङ्गको माध्यमबाट आए पनि युएईको कानुन अनुसार बैधानिक हुने भन्दै समस्या समाधानका लागि सरकारी तवरबाट पहल गर्न कहिलेकाही अप्ठ्योरो पर्ने गरेको जानकारी दिएको छ ।

युवाहरु अलपत्र अवस्थामा भेटेपछि उद्दारको लगि पहल गरिदिन हामीले अनुरोध गर्दा नेपाली राजदुतावास युएईका कार्यवाहक राजदुत नेत्र टण्डनले त्यसरी कसैले पनि अरुको पासपोर्ट जफत गर्ने वा राख्ने अधिकार नभएको बताए । साथै उनले भिजिट भिषामा देखिएको समस्या र एअरपोर्ट सेटिङ्गको कुराहरुल्ँर्य दुतावास र नेपाल सरकारले गम्भिर रुपमा लिएको र त्यसलाई निरुत्साहित र कारबाहीको दायरामा ल्याउन आन्तरिक गृहकार्य र खोजी भइरहेको जानकारी दिए ।

(मोहन वस्याल र भुपराज वस्यालको सहयोगमा)

यो पनि पढ्नुहोस् 

‘भिजिट भिषा’मा आउनेहरु होसियार 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय