अर्जुन बराल,सोल
दक्षिण कोरिया सरकारले सन् २०१७ जनवरी देखि लागु हुनेगरि कामदारको तलवमा ७.३ प्रतिशत अर्थात ४ सय ४० वोन बृद्धिको घोषणा गरेको छ । अव प्रतिघण्टा ६ हजार ४ सय ७० वोन (५.७० अमेरिक डलर) कायम गरेको छ ।
कामदारको न्युनतम ज्याला निर्धारण समितिको सेजोङसीमा यसभन्दा अगाडी भएका १३ औ बैठकमा रोजगारदाताले तलव बृद्धि सर्वपक्षिय नभई कम्पनि आफैले गर्नपाउनु पर्ने र यसबर्ष बढिमा ३.१ प्रतिशतभन्दा बढि बढाउन नहुने तर्कसहित प्रस्तुत भएका थिए । मजदुर पक्षले प्रतिघण्टा न्युनतम ज्याला दशहजार वोन हुनुपर्ने अडान लिएपछि वार्ता निष्कर्षहिन भएको थियो । योसँगै शुक्रबार साँझ ५ बजेदेखि बसेको १४ औ बैठकबाट निर्वाचन पद्धतिमार्फत रोजगारदाता, कम्पनि प्रतिनिधि र सरकारका पक्षबाट लगभग ८० प्रतिशतले तलबबृद्धि ७.१ प्रतिशतले गर्न अनुमति दिएसँगै सरकारले शनिबार बिहान ४ बजे तलब बृद्धिको घोषणा गरेको थियो ।
दक्षिण कोरिया सरकारले प्रत्येक बर्ष कामदारको तलब बृद्धिको निर्णय जुन २८ तारिख भित्र गर्ने गरेको भएपनि गतबर्ष देखि मजदुर युनियनले तलबबृद्धि दरमा बैज्ञानिक मापदण्ड सहित महङ्गी लगायतका बिषयमा सरकार गम्भिर नभएको र तलब बृद्धि कम्तिमा पनि प्रतिघण्टा दशहजार वोन हुनुपर्ने मागसहित दबाब दिएयता समयमै निर्णय हुन सकेको थिएन ।
यो पनि पढ्नुहोस्
थामिंदैन आमाको आँशु हराएको छोरो सम्झेर