दुतावास र पत्रकारले गरे छलफल, दुतावासलाई श्रमिकमैत्री बनाउनेमा जोड 

लक्ष्मण खनाल, युएई

नेपाली राजदुतावास युएईका कार्यवाहक राजदुत नेत्र टण्डनले युएईको नेपाली राजदुतावासका कार्य सञ्चालनलाई पुर्ण रुपमा श्रमिकमैत्री बनाउने अभियानमा लागेको बताएका छन ।

शुक्रबार युएईमा क्रियाशिल नेपाली पत्रकारहरुसँगको भेटघाटमा बोल्दै उनले आफु कार्यवाहक राजदुतको जिम्मेवारी सम्हाले देखी नै दुतावासको सेवालाई चुस्त दुरुस्त बनाउन प्रयास गरेको बताए । पत्रकारहरुले राखेका विभिन्न प्रश्नहरुको जवाफ दिदै उनले पत्रकारहरुलाई सकारात्मक समाचार सम्प्रेशण गरिदिन आग्रह गरे । उनले दुतावासमा भएका कमी कमजोरीहरु सुधार गर्दै जाने र दुतावासको सेवालाई पुर्णरुपमा श्रमिक मैत्री बनाउने अभियान चलाएको पनि बताए । 

विगतमा दुतावासमा भएको टाइपिङ्ग सेन्टरको बारेमा आफु अनभिज्ञ रहेको बताउदै उनले आफुले जिम्मेवारी सम्हाले देखी नै बन्द गराएको बताए । दुतावासको अश्रय स्थलमा हाल ५ जना महिला रहेको र उनीहरुलाई आवश्यक सरकारी प्रक्रिया पुरा गरी नेपाल पठाइने पनि जानकारी दिए । 

युएईमा रहेका विभिन्न नेपाली सामाजिक संघ संस्थाहरुसँग सामाजिक कार्यमा समन्वय गर्दै यहाँ नेपालीहरुलाई पर्ने समस्याहरुको समाधान र उद्दारमा सहकार्य गर्ने पनि जानकारी दिए । सामाजिक संघ संस्थाहरुको सहयोगी कार्यबाट दुतावासलाई उद्दार र जनचेतानाको काममा सहयोग पुगेको जानकारी दिए ।

युएईमा कन्सुलेट स्थापनाको विषमा पत्रकारहरुले राखेको जिज्ञासामा प्रकाश पार्दै उनले युएईमा कन्सुलेटको विषयमा मन्त्रिपरिषदले सिफारिस गरेको तर निर्णय नभएको जानकारी गराए । साथै सो कार्यमा युएई स्थीत राजदुतावासले पनि अनुरोध गरिरहेको जानकारी दिए ।

नेपाल पत्रकार महासंघ, युएई शाखाको समन्वयमा भएको सो छलफलमा युएईमा क्रियाशिल एक दर्जन पत्रकारहरु उपस्थित थिए । दुतावासको तर्फबाट कार्यवाहक राजदुत नेत्र टण्डन र द्वितिय सचिव कृष्ण अर्याल सहभागि थिए । सो अवशरमा युएईमा क्रियाशिल नेपाली पत्रकारहरुको अभिलेख नेपाल पत्रकार महासंघ युएई शाखाको तर्फबाट नेपाली राजदुतावास युएईलाई हस्तान्तरण पनि गरिएको थियो ।  

कार्यक्रममा बढ्दो भिजिट भिसाको कारणले उत्पन्न समस्या, बैदेशिक रोजगारीमा हुने ठगी, दलाली र मानव तस्करीको बारेमा छलफल भएको थियो ।

यो पनि पढ्नुहोस् 

‘खै किन हो मलेसियाबाट उहाँ फोन पनि गर्नुहुन्न’ 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय