नेपाली कामदार मिहेनती, विश्वाससिला र लगनशीलः रोजगारदाता 

कतार- नेपाली दूतावासले कुवेतस्थित ठुला कम्पनीहरुलाई दक्ष नेपाली कामदारको आपूर्ति बढाउन आग्रह गरेको छ । कुवेतका झन्डै तीन दर्जन ठूला कम्पनीका प्रमुख तथा मानव संशाधन विभागका प्रमुखहरुलाई बोलाएर दूतावासले औपचारिक रुपमा आग्रह गरेको हो । ‘हामीसँग अदक्ष नेपाली मात्रै छैनन् । नेपालमा प्राविधिक रुपमा दक्ष कामदारहरु उत्पादन भइरहेको छ’ कुवेतका लागि नेपाली राजदूत यज्ञबहादुर हमालले उनीहरु समक्ष भने, ‘दक्ष कामदार पनि आपूर्ति गर्न यहाँहरुलाई अनुरोध गर्दछु ।’

नेपाली घरेलु कामदारको बलियो उपस्थिति भएको कुवेतमा पछिल्लो समय कम्पनीमा काम गर्ने नेपालीको संख्या बढिरहेको छ । कुवेतमा नेपाली दूतावासको स्थापना भएपछि औपचारिक क्षेत्रमा कामदारको संख्या बढ्न थालेपछि दूतावासले दक्ष जनशक्ति बढाउन जोड दिन लागेको हो ।

राजदूत हमालले दक्ष कामदार आपूर्ति प्रक्रियामा नेपाल सरकारले सकारात्मक सहजीकरण गर्ने तर्फ जोड दिएका थिए । ‘जनशक्तिका तलब, सेवा सुविधाको मापदण्डमा छलफल गर्न सकिन्छ’ उनले भने, ‘तपाईहरु तयार हुनुस् । हामी सहयोगी भुमिका निर्बाह गर्नेछौं ।’

ठूला कम्पनीका उच्च अधिकारीहरुले आफूहरु नेपाली कामदारप्रति सन्तुष्ट रहेको बताएका थिए । उनीहरुले नेपाली कामदार मिहेनती, विश्वाससिलो र लगनशील भएकोले दक्ष कामदार लिन आफूहरुलाई समस्या नभएको प्रति जोड दिएका थिए ।

‘नेपाली कामदार हामीलाई मनपर्छ । दक्ष कामदार आपूर्ति गर्न हामीलाई समस्या छैन’ अलसय कम्पनीका प्रतिनिधिले भने, ‘हामी कामदार आपूर्ति प्रक्रियामा सरलीकरण र सहजीकरण होस् भन्ने चाहन्छौं ।’ कम्पनीका प्रतिनिधिहरुले गलत काम गर्ने तथा कालोसूचीमा रहेका म्यानपावरको सूची दिन हामी आग्रह गरेका थिए ।

कुवेतमा दूतावास स्थापना भएपछि १ लाख १२ हजार नेपाली कम्पनीमा काम गर्न आएको थियो । हाल कम्पनी क्षेत्रमा ३६ हजार र घरेलु क्षेत्रमा २६ हजार नेपाली कार्यरत रहेको दूतावासले जनाएको छ ।

‘जहाँ समस्या छैन् । तलब, सेवा र सुविधा राम्रो दिइरहेको छ । त्यो कम्पनीमा कामदार आपूर्ति बढाउने पक्षमा दूतावासले भूमिका निर्बाह गर्न थालेको हो’ राजदूत हमालले भने,‘कुवेतमा घरेलु कामदार भन्दा औपचारकि क्षेत्रलाई बढी प्रोत्साहन गर्न आवश्यक छ । त्यसको लागि राम्रो सम्भावना पनि छ ।’ सरकारले दुई वर्षअघिदेखि घरेलु कामदार पठाउन भने रोक लागेपछि महिलाहरु क्लिनर क्षेत्रमा जान प्रोत्साहित छन् ।

यो समाचार कान्तिपुरमा होम कार्कीले लेखेका हुन् 

यो पनि पढ्नुहोस् 

बुझेर मात्र बीमा गर्नुस्, फस्नु होला है

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय