बैदेशिक रोजगारका मुद्धा हेर्ने जिम्मा प्रहरीलाई दिंदा राम्रो 

काठमाडौं असार ३०– बैदेशिक रोजगारका ठगि सम्वन्धि मुद्धा हेर्ने जिम्मा प्रहरीलाई दिएमा हाल देखिएको समस्या धेरै हदसम्म सुल्झिने बैदेशिक रोजगारको क्षेत्रमा कार्यरतहरुले बताएका छन् । उनीहरुले हाल बैदेशिक रोजगार ऐनले सो व्यवस्था नगरेका कारण समस्या भएको भन्दै ऐन संशोधन गर्दा सो विषयमा ध्यान दिनुपर्ने बताए । 

अधिवक्ता समेत रहेका पिपुल फोरमका सल्लाहकार सोम लुईटेल ठगिको मुद्धा स्वतः प्रहरीले हेर्ने प्रकृतिको हुने भएका कारण यसको जिम्मा प्रहरीलाई नै दिनु उचित हुने देख्नछन् । “विशेषज्ञताको हिसावले बैदेशिक रोजगार विभागलाई नै उजुरी लिने, अनुसन्धान गर्ने र मुद्धाको सकेसम्म छिनोफानो गर्ने दायित्व विभागलाई दिइएको भएपनि त्यसमा विभाग सक्षम भएन” लुईंटेलले भने “त्यसैले अव यो विषय प्रहरीले हेर्ने व्यवस्था मिलाउनु आवश्यक छ ।” 

बैदेशिक रोजगार ऐन २०६४ ले बैदेशिक रोजगार सम्वन्धि मुद्धा सिधै बैदेशिक रोजगार विभागमा दताृ गर्ने व्यवस्था गरेको छ । पीडितको उजुरी दर्ता पश्चात त्यसमा अनुसन्धान र सुनुवाई गर्ने तथा एक तहको न्याय निरुपण गर्ने काम विभागले गर्दै आएको छ । तर त्यहाँ कानून पढेका व्यक्ति रहने भएका कारण उनीहरुले गर्ने अनुन्धान न प्रभावकारी भएको छ न त त्यसको कार्यान्वयन नै हुन सकेको छ । 

उजुरीको चाङ, मुद्धा न्यायाधिकरण नै पुग्दैनन् 

बैदेशिक रोजगार विभागमा ठगिमा परेका पीडितले उजुरी दिने संख्या ठूलो भएपनि त्यस अनुसार छिनोफानो हुने गरेको छैन । सुरक्षित बैदेशिक रोजगारको क्षेत्रमा काम गर्दै आएको वकिलहरु संलग्न संस्था पिपुल्स फोरमका अनुसार चालु आर्थिक बर्षमा विभागमा २ हजार १ सय ७४ उजुरी दर्ता भएमध्ये जेठ मसान्तसम्ममा ४ सय ७२ वटा मात्र फरफारक भएको तथ्याँक छ । अझ उदेक लाग्दो तथ्याँक बैदेशिक रोजगार न्यायाधिकरणमा दायर भएका मुद्धाहरुको छ । विभागले चालु आर्थिक बर्षमा दायर गरेका २ सय २० वटा मुद्धा मध्ये २ वटा मात्र संस्थागत(मेनपावर कम्पनी विरुद्ध) छन् । बाँकी व्यक्तिगत रहेका छन् । यसले विभागमा मेनपावर कम्पनीहरुले गरिरहेको चलखेल प्रष्ट हुने लुईंटेल बताउँछन् । एजेण्टले त्यहि काम गर्दा तत्काल हथकडी लगाउने, मेनपावरले त्यहि बदमासी गर्दा ज्वाईं तरिका गर्न मिल्छ ? लुईंटेलले प्रश्न गरे । त्यसैले पनि बैदेशिक रोजगार सम्वन्धि मुद्धाको अनुसन्धान गर्ने निकाय विभाग उपयुक्त नभएको प्रष्ट हुने उनले बताए ।   

नेपालमै हुन्छ धेरै ठगि 

न्यायका लागि पिपुल फोरममा दिइएका निवेदनका आधारमा बैदेशिक रोजगारीमा सवैभन्दा ठूलो समस्या रकम लिएर विदेश नउडाउने देखिएको छ । पिपुल फोरमका अधिवक्ता कृष्ण न्यौपानेका अनुसार कुल निवेदन मध्ये ३घ प्रतिशत निवेदन रकम तिरेर पनि विदेश नउडाइएका छन् । यसैगरी १९ प्रतिशतले काम फरक परेको भन्दै क्षतिपूर्ति दिलाइदिन निवेदन दिएका छन् । १८ प्रतिशत उद्धार गरिपाउँ भन्दै निवेदन परेका छन् भनें ८ प्रतिशत पासपोर्ट लामो समयसम्म अल्झाइदिएको सम्वन्धि रहेको न्यौपानेको भनाई छ । संस्थाले चालु आर्थिक बर्षमा रु. ४ करोड ८८ लाख ७३ हजार ७ सय ११ क्षतिपूर्ति तिराउन सफल भएको लुईंटेलले बताए । 

यो पनि पढ्नुहोस्

बुझेर मात्र बीमा गर्नुस्, फस्नु होला है

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय