
चन्दनकुमार यादव, राजविराज
बैदेशिक रोजगारीको सिलसिलामा मलेसिया गएका सप्तरीका एक युवाको मृत्यु भएको छ । तीन वर्ष अगाडी मलेसिया गएका बभनगमाकटी मंसापुरका २७ वर्षिय रामुनी मण्डलको गत विहिवार राती मृत्यु भएको हो । डियुटी सकेर उनी बिहिवार राती खाना खाएर सुतेका थिए । उनलाई बिहान साथीहरुले डियुटीमा जानका लागि बोलाउन जाँदा मृत अवस्थामा फेला पारेका थिए ।
गत बैशाखमा दुई महिनाको बिदा सकेर मलेसिया गएको तीन महिना नबित्दै उनको मृत्यु भएको मण्डलका भाई बालेश्वर मण्डलले जानकारी गराएका छन । दुई छोरी भएका मण्डलको परिवार शोकाकुल छ । उनको परिवार सुकुम्वासी हो । उनको शव नेपाल ल्याउन पहल सुरु गरिएको सुरक्षित आप्रवासन सम्वन्धि कार्यक्रम सञ्चालन गरिरहेको सवल नेपालले जनाएको छ ।
यो पनि पढ्नुहोस्
मलेसिया जानेलाई अझै १० हजार बढी शुल्क