काठमाडौं, असार २७- नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार कतारी रियालको खरिदर २९ रुपैंयाँ ५२ पैसा र विक्रि दर २९ रुपैंयाँ ६८ पैसा रहेको छ । यसैगरी युएई दिरहमको खरिददर २९ रुपैंयाँ २६ पैसा छ भनें विक्रि दर २९ रुपैंयाँ ४३ पैसा छ । साउदी रियालको खरिददर २८ रुपैंया ६५ पैसा छ भनें विक्रि दर २८ रुपैंयाँ ८१ पैसा रहेको छ ।
मलेसियन रिंगिटको खरिद दर २६ रुपैंयाँ छ ६६ पैसा भनें विक्रि दर २६ रुपैंयाँ ८० पैसा छ । लगातार घटेको रिंगिटको मूल्य २७ रुपैंयाँ नजिक छ । बहुसंख्यक नेपाली कामदार कार्यरत मुलुकको मुद्राको मूल्य बृद्धि हुँदा धेरैलाई फाइदा हुन्छ ।
यसैगरी कुवेती दिनारको खरिददर ३५६ रुपैंया १० पैसा छ । बहराइन दिनारको खरिददर २८५ रुपैंयाँ ०४ पैसा छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।