
काठमाडौं, असार २६- नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार कतारी रियालको खरिदर २९ रुपैंयाँ ५३ पैसा र विक्रि दर २९ रुपैंयाँ ६९ पैसा रहेको छ । यसैगरी युएई दिरहमको खरिददर २९ रुपैंयाँ २७ पैसा छ भनें विक्रि दर २९ रुपैंयाँ ४३ पैसा छ । साउदी रियालको खरिददर २८ रुपैंया ६६ पैसा छ भनें विक्रि दर २८ रुपैंयाँ ८२ पैसा रहेको छ ।
मलेसियन रिंगिटको खरिद दर २६ रुपैंयाँ छ ६६ पैसा भनें विक्रि दर २६ रुपैंयाँ ८१ पैसा छ । लगातार घटेको रिंगिटको मूल्य २७ रुपैंयाँ नजिक छ । बहुसंख्यक नेपाली कामदार कार्यरत मुलुकको मुद्राको मूल्य बृद्धि हुँदा धेरैलाई फाइदा हुन्छ ।
यसैगरी कुवेती दिनारको खरिददर ३५६ रुपैंया ३५ पैसा छ । बहराइन दिनारको खरिददर २८४ रुपैंयाँ ८८ पैसा छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।
यो पनि पढ्नुहोस्
हराएका मान्छे देखेका छौं भन्दै सयौं फोन कल