‘विदेशमा पैसा फल्ने रुख छैन है’ 

काठमाडौं, असार २३

बैदेशिक रोजगारमा धेरैजसो समस्या स्वदेशमा नै हुने गरेको बैदेशिक रोजगारमा गएर फर्केकाहरुले बताएका छन् । उनीहरुले नेपालमा हुने ठगिका कारण नै बढी समस्या हुने गरेको बताए । 

विडव्लुआईद्धारा आयोजित छलफल कार्यक्रमका सहभागिहरुले कुनै कम्पनीको नाममा सम्पूर्ण प्रकृया पूरा गरेर जाने नेपाली समेत गन्तव्य मुलुकमा पुगेपछि सो कम्पनी यथार्थमा नहुने गरेका कारण समस्यामा पर्ने गरेको बताए । उनीहरुले त्यसरी लगिएका व्यक्तिहरु सप्लाई कम्पनी मार्फत विभिन्न ठाउँमा कामका लागि पठाइने र समस्यामा पर्ने गरेको उनीहरुको भनाई थियो । 

मलेसियामा नपढेका व्यक्तिलाई कम्पनीको काममा जाँदा भाषा नबुझेर कुटपीट गर्ने र कतिपय अवस्थामा मेसिनमा नै धकेलेर हालिदिन खोज्ने गरिएको भन्दै उनीहरुले रोजगारीका लागि जानुपूर्व सचेत हुन आग्रह गरे । 

यसैगरी कतारको रोजगारीबाट फर्केकाहरुले पनि आफ्नो काम र सो अनुरुपको सीप नसिकी जाँदा धेरै नेपाली समस्यामा पर्ने गरेको अनुभव सुनाएका थिए । 

सो छलफलमा नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) अन्तर्गतको नेपाल बिजुली, पेन्टर, प्लम्बर तथा निर्माण मजदुर यूनियन (क्युपेक) नेपालका अध्यक्ष नरनाथ लुर्ईंटेलले विडव्लुआईले बैदेशिक रोजगारमा जानेहरुका लागि सुचनामूलक कामहरु गर्दै आएको बताए । उनले विडव्लुआई अन्तर्गतको आप्रवासन परियोजनाले बैदेशिक रोजगारमा जान चाहनेहरुलार्ई सुचना उपलव्ध गराउनेसँगै नीतिगत तहमा समेत छलफल र विभिन्न कामहरु गरिरहेको बताए । 

लुर्ईंटेलले आप्रवासी कामदारहरुले भोगिरहेका चुुनौैतिका बारेमा चर्चा गर्दै उपयुक्त काम र कम्पनीको पहिचान गर्न नसक्नु, गलत एजेण्ट मार्फत बैदेशिक रोजगारको प्रकृया अगाडी बढाउनु, आवेदन प्रकृयामा आवश्यक भन्दा बढी रकम तिर्न बाध्य हुनु तथा सामाजिक लागत बढ्नु चुनौैतिपूर्ण भएको बताए । उनले बैदेशिक रोजगारका क्रममा दुर्घटनाको संख्या बढ्दैै गएको भन्दै यहि अवस्था रहिरहेमा कुनै समयमा नेपालमा बृद्धभत्ता भन्दा धेरै अपाङ्ग भत्ता लिनेहरुको संख्या हुने तर्क गरे । 

उनले गन्तव्य मुलुकमा पुगिसकेपछि पनि नेपाली श्रमिकले विविध समस्या भोग्नु परिरहेको चर्चा गरे । ८ घण्टा काम बापत दिइने भनिएको तलवका लागि १२ घण्टासम्म खटाइने गरेको उनको भनाई थियो । उनले लहै लहैमा विदेश जानेको संख्या बढेको भन्दै यसले युवा पलायनलाई प्रोत्साहित गरिरहेको धारणा राखे । 

सो अवशरमा आफ्ना अनुभभव सुनाउँदै कतारको रोजगारीबाट फर्केका कुमार लम्सालले सीपमूलक तालिम लिएर सोही अनुरुपको काममा जाँदा विदेशमा समस्या आइनपर्ने धारणा राखे । तर विदेशमा पैसा फल्ने रुख छ भन्ने धारणा बोकेर कुनै सीप नसिकी जाँदा भनें दुःख पाइने लम्सालको भनाई थियो । 

यसैगरी कतारबाट नै फर्केका रमेश आचार्यले खाडीका मुलुकमा संगठन स्वतन्त्रता नभएका कारण त्रासमा बाँच्नु पर्ने अवस्था रहेको धारणा राखे । उनले बहुसंख्यक कामदारलाई आफू विदेशमा अप्ठ्यारोमा परे कहाँ जाने र के गर्ने भन्ने सामान्य ज्ञान समेत नहुने बताए । 

यसैगरी युएईको रोजगारीबाट फर्किएका ईन्द्र दहालले आफूले थाहा नपाएका कारण सुरुमा भारतको बाटो हुँदै तथा अभिमुखिकरण तालिम समेत नलिई गएको बताए । भारतको बाटो हुँदै बैदेशिक रोजगारीमा आउँदा अप्ठ्यारोमा परेमा कुनै सहयोग नपाइने थाहा पाएपछि त्यसले आफूलाई ठूलो मानसिक तनाव दिएको उनले बताए । 

कार्यक्रमकका सहभागिहरुले बैदेशिक रोजगारमा कमाएको रकम मध्ये धेरैले ल्यापटप, महंगा मोवाईल, टीभि खरिदमा सक्ने गरेको भन्दै त्यसो नगर्न आग्रह पनि गरेका थिए । 

यो पनि पढ्नुहोस्   

‘खै किन हो मलेसियाबाट उहाँ फोन पनि गर्नुहुन्न’ 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय