काठमाडौं, असार २३- नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार कतारी रियालको खरिदर २९ रुपैंयाँ ५६ पैसा र विक्रि दर २९ रुपैंयाँ ७३ पैसा रहेको छ । यसैगरी युएई दिरहमको खरिददर २९ रुपैंयाँ ३० पैसा छ भनें विक्रि दर २९ रुपैंयाँ ४७ पैसा छ । साउदी रियालको खरिददर २८ रुपैंया ६९ पैसा छ भनें विक्रि दर २८ रुपैंयाँ ८५ पैसा रहेको छ ।
मलेसियन रिंगिटको खरिद दर २६ रुपैंयाँ छ ७४ पैसा भनें विक्रि दर २६ रुपैंयाँ ८९ पैसा छ । लगातार घटेको रिंगिटको मूल्य २७ रुपैंयाँ नजिक छ । बहुसंख्यक नेपाली कामदार कार्यरत मुलुकको मुद्राको मूल्य बृद्धि हुँदा धेरैलाई फाइदा हुन्छ ।
यसैगरी कुवेती दिनारको खरिददर ३५६ रुपैंया ६५ पैसा छ । बहराइन दिनारको खरिददर २८५ रुपैंयाँ २८ पैसा छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।
यो पनि पढ्नुहोस्
बैदेशिक रोजगारमा गएका महिलाः कति खुशी, कति प्रतिशत डिप्रेसनका शिकार ?
