श्रीमान् साउदीमा र श्रीमति नेपालमा कमाउँदै 

रञ्जना लम्साल, नवलपरासी 

नवलपरासी देउराली ५ की धनकुमारी महतो । धनकुमारीको जीवनमा धेरै उतार चढाव आए । श्रीमानले रक्सी खाएर दिनहुँ झगडा गर्दथे । आम्दानीको अन्य बाटो थिएन । त्यसैले घर खर्च चलाउनै मुस्कील । यो कष्ट धेरै बर्ष खेपिन् उनले । 

तर अहिले त्यस्तो छैन । खर्च पुर्याउनै मुस्किल पर्ने उनको परिवारमा अहिले त्यो अवस्था छैन । दिन आनन्दका आएका छन् । उनका श्रीमान् गिरीधारी महतो एक बर्ष अगाडी साउदी गएका छन् । तर यो सन्तोष उनी साउदी गएर मात्र भएको होइन । 

ईलेक्ट्रीसीयनको काममा साउदी गएका गिरीधारीको कमाई मासिक ५० हजार भन्दा माथि छ । श्रीमानको कमाई गतिलो भएपनि धनकुमारी हात बाँधेर बसेकी छैनन । उनी घर खर्च चलाउन बाख्रा पाल्छिन् । 

देउरालीमा बाख्रा पाल्ने लहर आयो । हिमालयन सामुदायिक बिकाश मञ्च (हिकोडेफ) को  कार्यक्रम अन्तर्गत उनले बाख्रा पालन ब्यवसायलाई ब्यवसायीक बनाइन् । यसरी व्यवसायमा लागेपछि उनी समुहमा आवद्ध भइन् । नयाँ कुरा सिक्दै गइन् । 

बाख्रापालनले कमाई हुन थाल्यो । यसले उनका श्रीमान् पनि फेरिए । “मैले बाख्रा पाल्न थालेपछि समुहका महिला दिदि बहिनीले उहाँ(श्रीमान)लाई सम्झाएपछि मेरो काममा उहाँले सहयोग गर्न थाल्नु भयो” धनकुमारी भन्छिन् ।  

बाख्रा पालनबाट आम्दानी हुने भएपनि त्यसका लागि केहि समय कुर्नुपर्दथ्यो । त्यसैले गिरीधारी कमाउन साउदी जाने भए । सीपमूलक कामको बैदेशिक रोजगारी महतो परिवारका लागि फलिफाप भएको छ । गिरीधारीले महिनामा नै ५० हजार माथि कमाइरहेका छन् । नेपालमा घर खर्च चलाउन पुग्दो कमाइ बाख्राबाट नै भइरहेको छ । 

कमाई नहुञ्जेल गाउँमा पनि कसैले पत्याउँदैनथे । श्रीमान विरामी पर्दा उपचार गराउन कसैले सरसापट पनि दिन्नथे । घरखर्च चलाउन उस्तै  मुस्किल । तर अहिले श्रीमान रक्सी खान छोडेर विदेश उडेपछि महतो परिवारमा खुशी छाएको छ । अहिले त श्रीमान्ले नै दुई बर्षपछि नेपाल फर्केर बाख्रापालनलाई अझ अगाडी बढाउनु पर्छ भनेर भन्दा धनकुमारीकोे खुशीको सीमा छैन । 

बाख्रा पालनबाट बर्षमा दुई लाख कमार्ई हुन्छ । गत बर्ष गरेको मेहेनत र सफलतालाई हेरेर हेफर ईन्टरन्यासनलले ७० हजार नगद सहितस्वर्णिम प्रतिभा पुरस्कार दिएपछि अझ जाँगर थपिएको छ उनीमा । उनी भन्छिन्ः पहिले र अहिलेको तुलना गर्दा त सपना नै हो कि झै लाग्छ । 

यो पनि पढ्नुहोस् 

‘खै किन हो मलेसियाबाट उहाँ फोन पनि गर्नुहुन्न’

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय