रिंगिट, रियाल, दिरहम र दिनारको मूल्य कति पुग्यो ? 

काठमाडौं, असार २१- नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार कतारी रियालको खरिदर २९ रुपैंयाँ ४६ पैसा र विक्रि दर २९ रुपैंयाँ ६२ पैसा रहेको छ । यसैगरी युएई दिरहमको खरिददर २९ रुपैंयाँ २० पैसा छ भनें विक्रि दर २९ रुपैंयाँ ३७ पैसा छ । साउदी रियालको खरिददर २८ रुपैंया ६० पैसा छ भनें विक्रि दर २८ रुपैंयाँ ७६ पैसा रहेको छ । 

मलेसियन रिंगिटको खरिद दर २६ रुपैंयाँ छ ८४ पैसा भनें विक्रि दर २६ रुपैंयाँ ९९ पैसा छ । लगातार घटेको रिंगिटको मूल्य २७ रुपैंयाँ नजिक छ । बहुसंख्यक नेपाली कामदार कार्यरत मुलुकको मुद्राको मूल्य बृद्धि हुँदा धेरैलाई फाइदा हुन्छ । 

यसैगरी कुवेती दिनारको खरिददर ३५५ रुपैंया ५३ पैसा छ । बहराइन दिनारको खरिददर २८४ रुपैंयाँ २९ पैसा छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।    

यो पनि पढ्नुहोस् 

चोरीको अभियोगमा एक नेपालीलाई जेल सजाय

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय