म खाडीका अरु देशमा काम गर्न जान पाउँछु कि पाउँदिन होला ?

प्रश्नः मेरो नाम रवि हो । म कतारबाट फर्केको हुँ । मलाई कतारमा जान प्रतिवन्ध लागेको छ । के म अरु खाडीका देशमा रोजगारीका लागि जान सक्छु होला ?

उत्तरः यसमा दुई फरक स्थीतिका बारेमा प्रष्ट हुन जरुरी छ । यदि तपाईलाई कतारमा बढी समयसम्म बसेको, रोजगारदाता छोडेर अन्यत्रै काम गरेको जस्ता सामान्य अभियोगमा कतार पस्न प्रतिवन्ध लागेको हो भनें तपाई खाडीका अन्य मुलुकमा रोजगारीका लागि जान सक्नुहुन्छ । तर यदि तपाई कतारमा कुनै फौजदारी अभियोगमा पर्नुभएको छ तर त्यो फौजदारी अभियोगको उजुरी पर्नु अगाडी नै त्यहाँबाट भागेर नेपाल आइपुग्नु भएको हो भनें अन्य कुनै पनि खाडीका मुलुकमा जाने प्रयास नगर्नु ठिक हुन्छ । तपाई जान खोज्नु भएमा सम्वन्धित देशको अध्यागमनले तपाईलाई समातेर कतारमा अनुसन्धानका लागि पठाउन सक्नेछ । यसले तपाईको जोखिम बढाउँछ । 

यो पनि पढ्नुहोस्

खाडीको प्रचण्ड गर्मीबाट बच्न के गर्ने, के नगर्ने ?

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: