चोरीको अभियोगमा एक नेपालीलाई जेल सजाय

काठमाडौै- युएईमा औषधी चोरीको अभियोगमा एक नेपालीलाई तीन महिनाको जेल सजाय तोकिएको छ । उनले आफू काम गर्ने औषधी पसलबाट ६ सय ३३ दिरहम बरावरको औषधी चोरेको अभियोगमा जेल हालिएको हो ।

२३ बर्षिय ति नेपालीको संक्षिप्त नाम बीटी भएको जनाइएको छ । उनले झोलामा हालेर लाने गरेको औषधी उनी बस्ने ठाउँबाट बरामद गरिएको दावी गरिएको छ । उनले आफ्नो कसुर कबुल गरेको र दुवई अदालतले तीन महिनाको जेल सजाय सुनाएको समाचार स्थानीय सञ्चारमाध्यमहरुले लेखेका छन् । उनलाई जेल सजाय पश्चात स्वदेश फर्काइनेछ । 

प्यालेष्टिनी रोजगारदाताले शंका लागेपछि उनी बस्ने कोठामा खानतलासी गरेको र त्यहाँ ति नेपालीले औषधीहरु लुकाएर राखेको फेला परेको समाचारमा जनाइएको छ । 

यो पनि पढ्नुहोस् 

‘खै किन हो मलेसियाबाट उहाँ फोन पनि गर्नुहुन्न’ (भिडियो सहित)

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: