काठमाडौं, असार २० – नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार कतारी रियालको खरिदर २९ रुपैंयाँ ५० पैसा र विक्रि दर २९ रुपैंयाँ ६६ पैसा रहेको छ । यसैगरी युएई दिरहमको खरिददर २९ रुपैंयाँ २४ पैसा छ भनें विक्रि दर २९ रुपैंयाँ ४१ पैसा छ । साउदी रियालको खरिददर २८ रुपैंया ६४ पैसा छ भनें विक्रि दर २८ रुपैंयाँ ८० पैसा रहेको छ ।
मलेसियन रिंगिटको खरिद दर २६ रुपैंयाँ छ ८६ पैसा भनें विक्रि दर २७ रुपैंयाँ १ पैसा छ । लगातार घटेको रिंगिटको मूल्य २७ रुपैंयाँ पुगेको छ । बहुसंख्यक नेपाली कामदार कार्यरत मुलुकको मुद्राको मूल्य बृद्धि हुँदा धेरैलाई फाइदा हुन्छ ।
यसैगरी कुवेती दिनारको खरिददर ३५६ रुपैंया ८ पैसा छ । बहराइन दिनारको खरिददर २८४ रुपैंयाँ ८७ पैसा छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।
यो पनि पढ्नुहोस्
‘खै किन हो मलेसियाबाट उहाँ फोन पनि गर्नुहुन्न’ (भिडियो सहित)
