मलेसियामा बैधानिक बन्ने वा घर फर्किन सक्ने समयावधि सकियो, किन असफल बन्यो पुनदर्ता कार्यक्रम ?

सुदीप निउरे, १९ असार, क्वालालम्पुर

मलेसियाका आप्रवासी अबैधानिक कामदारलाइ बैधानिक बन्ने वा घर फर्किन सक्ने भनि दिएको समयावधि सकिएको छ । यहाको सरकारले फेब्रुवरी १५ देखि जुन ३० सम्मका लागी यी दईवटा अवसर दिएको थियो ।

फेब्रुवरीको मध्यमा बिदेशी कामदार नलिने घोषणा गर्दै अबैधानिक कामदारका लागि यी दुईवटा बिकल्प सहित साढे ४ महिनाको समयावधि दिएको हो । यद्यपी यहाको सरकारले दिएको दुबै अबसरमा अबैधानिक कामदारको सहभागीता भने न्युन देखिएको छ । मलेसियाले दिएको पुनदर्ता कार्यक्रम र घर फर्क कार्यक्रममा अपेक्षा गरे बमोजिम कामदार सहभागी नबनेपछि दुबै कार्यक्रम सफल नदेखिएका हुन् ।

प्राप्त जानकारी अनुसार १ लाख २४ हजार २ सय उनान्असी कामदार प्रक्रियामा आएका छन् । पुन दर्ता कार्यक्रममा ३ हजार ७ सय ७७ जना नेपाली सहभागी बनेको पाईएको छ । मलेसिया सरकारको तथ्यांक बमोजिम पुनदर्ता कार्यक्रममा सहभागी बनेका नेपालीको संख्या र मलेसियास्थित नेपाली राजदुतावासमा, प्रक्रियामा आएपछि राहदानी बनाउन आउनेको संख्या भने बिल्कुल फरक देखिएको छ । ३ हजार७ सय ७७ जना नेपाली कामदार पुनदर्तामा सहभागी बनेको देखिएपनि राजदुतावासमा राहदानी बनाउनका लागी भने झण्डै ५ सय जनाले मात्र आबेदन दिएको राजदुतावासका प्रबत्ता उत्तम शाहीले बताए । समयावधि भएका राहदानी उपलब्ध भए अर्को राहदानी बनाउन जरुरी नभएको प्रवत्ता शाहीले जानकारी दिए । कामदार अबैधानिक बन्दा राहदानी छाडेर हिड्ने गर्दछन् । यसबाट झण्डै ३ हजार भन्दा बढि कामदारले आफ्नै राहदानी हातमा लिएर प्रक्रियामा गएको देखिन्छ । यसरी आफ्नै राहदानी बोकेर कामदार पुनदर्तामा सहभागी बन्नुले रोजगारदातालेनै पहिले आफ्ना कामदारलाई अबैधानिक बनाएको स्पष्ट झल्किन्छ ।

नेपाली लगायत अन्य ६६ हजार बंगलादेशि , १९ हजार ईण्डोनेसियन, ३ हजार ६ सय ६९ भारतीय, २ हजार ६ सय १५ पाकीस्तानि, २ हजार ४ सय ७२ जना भियतनामी र अन्य ४ हजार ९ सय ३३ जना  प्रक्रियामा आएको उपगृहमन्त्रि नुर जजलान मोहम्मदलाई उध्रित गर्दै यहाका संचार माध्यमले जनाएका छन ।

यो बिचमा मलेसियाले ५ हजार ६ सय २२ पल्ट अबैधानिक कामदारमाथि  खोजी अप्रेशन गरेको जनाएको छ । अप्रेशनका क्रममा ६ सय ६२ कम्पनिले अबैध कामदार राखेको भेटिएको , नेपालीसहित ३२ हजार ८ सय ३ जना अबैध कामदारलाई सम्बन्धित मुलुक पठाएको यहांको  गृहमन्त्रालय स्रोतले जनाएको छ । जम्मा ९१ हजार ७५ कामदारको कागजात परिक्षण गर्दा २५ हजार ३ सय ७१ गलत पाईएको पनि प्राप्त स्रोतमा उल्लेख छ । यो  तथ्यांक जुन महिनाको दोस्रो साता सम्म उपलब्ध भएको  तथ्यांक हो  । अब यसपछि मलेसियाले अबैधानिक आप्रवासी कामदार नियन्त्रण गर्न के(कस्ता कार्यक्रम ल्याउने छ भन्ने बारे केहि जानकारी दिएको छैन् ।

किन असफल बन्यो पुनदर्ता कार्यक्रम

मलेसियामा लाखौ आप्रवासी कामदारले अबैधानिक तरिकाबाट काम गरिरहेका छन् । मलेसिया सरकारले कित बैधानिक बन या घर जाउ भन्दापनि दुबै अबसरलाई अबैधानिक कामदारले नटेरेको देखिन्छ । सामाजिक संजालहरुमा किन असफल बन्यो पुनदर्ता कार्यक्रम भन्नेबारे उठेका बिभिन्न सवाल र चर्चालाई हामीले सारांसमा यहा प्रस्तुत गरेका छौ ।

१ पुनदर्ता कार्यक्रम महँगो  हुनु । ९ शुल्क, आरएम ६००० देखि ७५०० सम्म 

२ लगानी डुब्न सक्ने कामदारको डर । ९प्रक्रियामा गैसकेको कामदार पछि  स्वास्थ्य परिक्षणमा पास नहुनपनि सक्छ ।

३ बैधानिक बन्दा लाग्ने खर्च ब्यहोर्न कम्पनिहरु उदासिन देखिनु , सबै रकम कामदार माथीनै थोपर्नु । 

४ बैधानिक बन्न खोज्दै गर्दा प्रहरीले धरपकट जारी राख्नु  । 

५ पुनदर्ता कार्यक्रममा सहभागी बन्न खोज्ने कामदारसंग राहदानी वा नागरीकताको प्रतिलिपी सम्म पनि नहुनु वा उपलब्ध समेत गराउन नसक्नु । 

६बैधानिक बनाउने जिम्मा लिएका आईएमएम वा माईईजी भन्दा दलाल बढि सक्रिय देखिनु  ग्यारेन्टी दिुनु  । काम हुन्छ भन्ने पुर्ण बिश्वास दिलाउनु  ।

७ म्लेसियाले आबश्यकता भन्दा बढी सर्त राख्नु । 

८अबैध कामदार फ्रि मा पाएमात्र बैधानिक बन्न खोज्नु , नत्र नखोज्नु । 

यो समस्या मलेसियाको एक भिषण समस्या हो । मलेसियामा अबैधानिक कामदार समस्या कहिल्यै नसकिने जानकारहरुको बुझाई ।

संजालमा भेटिएका सुझाबहरु पनि यस्ता छन् । 

१ अबैधानिक कामदारलाई मलेसिया छोड्न को लागी ६ देखि १२ महिनाको अबधि दिनु  पर्ने 

२ अबैध कामदारलाई मात्र लखेट्ने होईन उनिहरुलाई काम दिने रोजगार दाताहरुलाई पनि कडाई गर्नु  पर्ने ।

३ बैधानिक बन्न पाउने अबसर पनि बन्द गर्नु  पर्ने ।

यो पनि पढ्नुहोस् 

दुतावासले आयोजना गर्यो छलफल, भिजिट भिसालाई व्यवस्थीत गर्ने बारेमा चासो 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय