१५ हजार तिरे अव एक दिनमै पासपोर्ट 

काठमाडौं- सरकारले आइतबारबाट एक दिनमै राहदानी बनाउने घोषणा गरेको छ । आइतबार केन्द्रिय राहदानी विभाग दरबारमार्ग काठमाडौंमा उपप्रधान तथा पररराष्ट्रमन्त्री कमल थापाले द्रुत राहदानी सेवाको उद्घाटन गरेपछि निवेदन दिएको २४ घण्टाभित्र राहदानी बन्ने भएको हो । १५ हजार रुपैयाँ लिएर सरकारले एकै दिनमा राहदानी उपलब्ध गराउने द्रूत सेवाको सुरुवात गरेको हो ।

यो सेवामा सेवाग्राहीले घरैबाट अनलाइन फारम भरेर केन्द्रिय राहदानी विभागमा सम्पर्क गरी २४ घण्टाभित्र राहदानी लिन सक्नेछन् । त्यसका लागि सेवाग्राहीले १५ हजार रुपैयाँ र आफ्नो नागरिकतासहित केन्द्रिय राहदानी विभागमा सम्पर्कगर्न सक्नेछन् । अहिलेलाई यो सेवा केन्द्रिय राहदानी विभागमा मात्र सुरु गरिएको हो ।

एउटा राहदानी बनाउन यसअघि साधारण प्रक्रिया कुर्दा दुईदेखि तीन महिना लाग्थ्यो भने १० हजार रुपैयाँ तिरेर एक सातामै राहदानी दिने गरिएको थियो । नेपाल पासपोर्ट डट जिओभी डट एनपीमा गएर राहदानीका लागि आवेदन फारम भर्ने सुविधा दिएको छ । 

विदेशका १० नियोगबाट पनि एकैदिनमा पासपोर्ट

सरकारले २४ घण्टामै पासपोर्ट पाउने व्यवस्था विदेशस्थित विभिन्न १० वटा नियोगबाट पनि प्रदान गर्ने भएको छ ।

विदेशस्थित १० ओटा नियोग निम्न छन्ः

साउदी अरबको जेद्दा र रियाद

कतारको दोहा

बेलायतको लण्डन

मलेसियाको कोलालम्पुर

यूएईको अबुदावी

अमेरिकाको न्यूयोर्क र वासिङटन

हङकङ 

र कुवेत

अन्नपूर्ण पोष्टबाट 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय