दुतावासले आयोजना गर्यो छलफल, भिजिट भिसालाई व्यवस्थीत गर्ने बारेमा चासो  

दुबई- अबुधाबी स्थित नेपाली दुताबासले बैदेशिक रोजगार सम्बन्धी अन्तर्कृया कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार दुबईमा आयोजित उक्त अन्तर्कृया कार्यक्रममा युएईमा रहेका बिभिन्न सामाजिक संस्थाका प्रतिनिधिहरु, राजनीतिक दलका भातृ संगठनका प्रतिनिधिहरु, नेपाली ब्यवसायी तथा संचारकर्मीहरुको उपस्थिती थियो ।

कार्यक्रममा नेपाली दुताबासका कार्यबाहक राजदूत नेत्र बहादुर टण्डनले कार्यपत्र प्रस्तुत गर्दै युएईको श्रम कानुन, फाइदा बेफाईदाको सम्बन्धमा उपस्थितलाई जानकारी गराएका थिए । काउन्सेलर भेष बहादुर कार्कीले बैदेशिक रोजगार सम्बन्धी ऐन, नियम र परिपत्रहरुका बारेमा प्रकाश परेका थिए । त्यसैगरी द्वित्तिय सचिब कृष्ण अर्यालले कन्सुलर सेवा सम्बन्धी जानकारी दिनुका साथै युएईमा बन्दी जीबन बिताईरहेका नेपालीहरुको अवस्था र कारणबारे बताएका थिए । 

कार्यक्रममा द्वित्तिय सचिब बिष्णु अधिकारीले राहदानी र ट्राभल्स डकुमेन्ट्सका बारेमा जानकारी दिएकी थिईन । श्रम सहचारी हिरा कुमारी यादवले युएईमा रहेका कामदारहरुले भोग्नु परेको समस्या र सुझाबहरुको बारेमा उपस्थित नेपालीहरुलाई प्रस्ट पारेकी थिईन ।

१०० जना नेपाली युएईको जेलमा 

अन्तर्कृया कार्यक्रममा प्रस्तुत गरिएको रिपोर्टमा १०० जना नेपालीहरु बिभिन्न कारणले युएईको जेलमा रहेको जानकारी गराईएको थियो । द्वित्तिय सचिव कृष्ण अर्यालद्वारा प्रस्तुत प्रतिबेदन रिपोर्टमा हत्या अभियोगमा रहेका ११ जना नेपालीहरु जेलमा रहेका छन भने १ जना मृत्‍युदण्डको सजाय पर्खेर जेल जीवन बिताईरहेको उल्लेख छ । त्यसैगरी आजीवन काराबासमा २ जना, हत्या अभियोगमा ब्यक्तीगत तवरमा ब्लडमनी तिर्नु पर्ने २ जना, इन्सुरेन्सले ब्लडमनी तिर्नु पर्ने २ जना रहेका छन । 

जेलमा रहेकाहरु अधिकांश मदिरा सेवनको अभियोग लागेका र यौनजन्य हिंसा, मादक पदार्थ सेवन गरी सवारी साधन चलाएका, नक्कली प्रमाणपत्रको अभियोग लागेका र प्रतिबन्धित लागुपदार्थमा पक्राउ परेका जनाईएको छ । नेपाली दुताबासले ३ महिनाको अवधीमा पहिलो पल्ट युएईका बिभिन्न ईमिरेट्समा रहेका जेल भ्रमण गरेर उक्त जानकारी लिएको अर्यालले बताए । 

युएईमा साढे ४ लाख नेपाली कार्यरत 

युएईमा ४ लाख ८ हजार ५ सय ६४ पुरुष र ३७ हजार २ सय ७७ महिला  कार्यरत छन् । श्रमसहचारी हिरा यादवद्वारा तयार पारिएको रिपोर्टमा उक्त तथ्याँक उल्लेख छ । यादवका अनुसार युएईको श्रम बजार नेपालीहरुको चौथो ठुलो बजार रहेको छ । 

६० जनाको मृत्‍यु

आर्थिक बर्ष २०७२(७३ मा युएईमा ६० जना नेपालीको मृत्‍यु भएको छ । मृत्‍यु भएका मध्ये १७ जनाको हर्ट एट्याक, ७ जनाको अत्यधिक मदिरा सेवान र अन्य ८ गरी ३२ जनाको सामान्य अवस्थाको मृत्‍यु भएको जनाईएको छ । त्यसैगरी आत्महत्या गरी ९ जना र दुर्घटनामा परी १९ जनाको मृत्‍यु भएको प्रतिबेदनमा उल्लेख छ ।

अन्तर्कृया कार्यक्रमको दोश्रो चरणमा प्रश्नोत्तर कार्यक्रम राखेको थियो । उपस्थित बिभिन्न संघसंस्थाका प्रतिनिधिहरुले कार्यपत्र माथि छलफल गर्दै बिभिन्न जिज्ञासाहरु राखेका थिए भने कार्यबाहक राजदूत नेत्र बहादुर टण्डनले जवाफ दिएका थिए । अर्घाखाँची संपर्क समितीका अध्यक्ष राजु खड्का, नेपाली समाजका महासचिव मणी भुर्तेल, अध्यक्ष चन्द्र प्रसाद सापकोटा, संचारकर्मी लक्ष्मण खनाल, बिजनेस काउन्सिलला सचिव दीपक पौडेल, जनजाती महासंघका डीआर गुरुङ, डिएल शर्मा, जनप्रगतिशिल मञ्च, युएईका अध्यक्ष हेमन्त पौड्याल र एनआरएनए युएईका अध्यक्ष सुदीप कार्की लगायतले बिभिन्न किसिमका प्रश्न र सुझावहरु दिएका थिए । 

अन्तर्कृया कार्यक्रममा भिजिट भिसाको समस्यालाई कसरी ब्यवस्थित गर्न सकिन्छ भन्ने बारे एनआरएनए युएईका अध्यक्ष सुदिप कार्कीले आफ्नो भनाइ राखे । उनले भिजिट भिसालाई ब्यवस्थित बनाइ सेटिङलाई निरुत्साहित गर्न नेपाल सरकार समक्ष माग गरे । 

नेपाली दुताबासले पहिलो पल्ट आयोजना गरेको उक्त अन्तर्कृया कार्यक्रमलाई युएईमा रहेका नेपालीहरुले सकारात्मक रुपमा लिएका छन ।

यो पनि पढ्नुहोस् 

राजदुतमा सिफारिस शर्मिला पराजुलीका बारेमा यस्तो भेटियो विवरण

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय