कति छ रिंगिट, रियाल, दिरहम र दिनारको मूल्य ?

काठमाडौं, असार १७- नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार शुक्रवार कतारी रियालको खरिददर २९ रुपैंया ५९ पैसा छ भनें विक्रिदर २९ रुपैंयाँ ७५पैसा छ । यसैगरी युएई दिरहमको खरिददर २९ रुपैंया ३३ पैसा र विक्रि दर २९ रुपैंयाँ ५० पैसा छ । साउदी रियालको खरिरदर २८ रुपैंयाँ ७३ पैसा र विक्रि दर २८ रुपैंयाँ ८९ पैसा छ । 

मलेसियन रिंगिटको खरिददर २६ रुपैंयाँ ७२ पैसा तथा विक्रिदर २६ रुपैंयाँ ९२ पैसा छ । केहि समययता रिंगिटको सटही दर २६ रुपैंयाँ भन्दा माथि छ । धेरै नेपाली कार्यरत मुलुक मलेसियाको मुद्राको सटही दर बृद्धि हुँदा यसले धेरैलाई राहत मिल्छ ।  

यसैगरी कुवेती दिनारको खरिददर ३५७ रुपैंयाँ ११ पैसा छ । बहराइन दिनारको खरिददर २ सय ८५ रुपैंयाँ ७४ पैसा छ । राष्ट्र बैंकले तोकेको विनिमय दरमा थोरै फेरवदल गरी वाणिज्य बैंकहरुले कारोवार गर्न पाउँछन् ।    

यो पनि पढ्नुहोस् 

दलालसँग मिलेको भन्दै राजदुतलाई फिर्ता बोलाएर सम्पत्ती छानविन गर्न माग

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: