
काठमाडौं असार १६
मलेसियाका लागि नेपाली राजदुत डा. निरञ्जनमान सिंह बस्न्यात माफियासँग मिलेर नेपाली कामदारलाई आर्थिक भार थोपर्ने कार्यमा संलग्न भएको भन्दै उनलार्ई फिर्ता बोलाई कारवाही गर्न नेपाल बैदेशिक रोजगार व्यवसायी संघले माग गरेको छ ।
संघले विहिवार राजधानीमा पत्रकार सम्मेलन गर्दै हालै श्रम मन्त्री दीपक बोहरा सहितको टोलीमा संलग्न संघका अध्यक्ष विमल ढकाल सहितका व्यवसायीलाई राजदुत बस्न्यातले मन्त्रीस्तरिय भेटघाटमा सहभागि हुन नदिएको जानकारी गराएको हो ।
संघले मलेसिया जाने कामदारहरुसँग स्वास्थ्य परिक्षण, अनलाइन सर्भिस लगायतका नाममा चर्को रकम असुल्ने काम भइरहेको र सो को यथार्र्थ बुझ्न आग्रह गरेकै कारण राजदुत बस्न्यातले मन्त्रीस्तरिय भेटघाटमा व्यवसायीलाई सहभागि हुन नदिएको बताएको हो ।
संघद्धारा जारी विज्ञप्तीमा भनिएको छ ः राजदुत बस्न्यातले यसअगाडी तत्कालिन श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङको मिलेमतोमा नेपाली कामदार ठग्ने माफियाहरुसँगको मिलेमतोमा नेपाली कामदारलाई आर्थिक भार पर्ने गरी सहमति गरेको तथ्य जगजाहेर छ । त्यसैले राजदुत बस्न्यातलाई फिर्र्ता बोलाई उनको सम्पत्ती छानविन गर्न माग गर्दछौं ।
संघले मलेसिया जाने नेपाली कामदार ठग्ने भिएनएल, बायो मेट्रिक, माइग्रेम, आइसीएस जस्ता संस्थाहरुसँगको मिलेमतोमा राजदुत बस्न्यातले अवैधानिक रुपमा ठूलो कमाई गरिरहेको भन्दै यसलाई समयमै रोक्न नसकिएमा यसले धेरै गरिव नेपालीलाई अप्ठ्यारोमा पार्ने समेत बताएको छ ।
यहि हप्ता श्रम तथा रोजगार मन्त्री दीपक बोहरा नेतृत्वको टोलीमा संघका अध्यक्ष विमल ढकाल, महासचिव रोहण गुरुङ सहितका व्यवसायी पनि मलेसिया भ्रमणमा गएका थिए । उनीहरु मलेसियाका मन्त्रीसँगको भेटमा सहभागि नगराइएपछि क्रुद्ध छन् ।
यो पनि पढ्नुहोस्
तीन लाख पाउन अझै कति समयसम्म विदेशमै मर्नुपर्ने हो ? (भिडियो सहित)