बैदेशिक रोजगार व्यवसायी संघका उपाध्यक्ष खनालको प्रश्नः एनआरएन अविश्वासिला नेपाली कि गैर आवासिय नेपाली ?

 

काठमाडौं, असार १६ 

नेपाल बैदेशिक रोजगार व्यवसायी संघका प्रथम उपाध्यक्ष कुमुद खनालले गैर आवासिय नेपाली संघ(एनआरएनए) का बारेमा गम्भीर प्रश्न उठाएका छन् । खनालले सामाजिक सञ्जाल फेसबुकमा टिप्पणी गर्दै लेखेका छन्ः आजको मितिसम्म मैले बुझ्न सकेको छैन, एनआरएनएको अर्र्थ के हो भनेर । यो अविश्वासिला नेपाली(नन रिलाएवल नेपाली) को संगठन हो वा गैर आवासिय( नन रेजिडेण्टस् नेपाली) ? 

उनले बैदेशिक रोजगारको क्षेत्रमा ७५ प्रतिशत भन्दा धेरै समस्या सिर्जना गर्नेहरु त्यहि एनआरएनएमा आवद्ध व्यक्तिहरु रहेको तर्क गरेका छन् । खनाल खरो रुपमा टिप्पणी गर्ने व्यवसायीका रुपमा यसअघि देखि नै चिनिंदै आएका छन् । 

 

संघभित्र तार्किक कुरा गर्ने र विश्लेषण क्षमता भएका उपाध्यक्ष खनाल व्यवसायी बीचमा भनें आफ्नोे एजेण्डालाई लागु गराउन असमर्थ छन् । उनी आफ्ना मुद्धामा संघभित्रैै पनि कडा विरोधमा उत्रिने व्यक्तिका रुपमा चिनिएका छन् । मुख्य गरी मलेसियामा कामदार पठाउँदै आएका खनाल केहि समययता व्यवसायमा उति धेरै सक्रिय छैनन् ।

यो पनि पढ्नुहोस्      

साउदीको २० हजारको जागिर छोडेर फर्केर नेपालमै महिनामा एक लाख कमाउँदै

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय